कथा: चरीको बिलौना

कथा: चरीको विलौना

स्रष्टा: कल्पना पौडेल 'जिज्ञासु'

घनघोर जंगलको बीचमा एउटा पन्छी बन्य जन्तुहरुको बस्ति थियो । त्यसै मध्य एक परिवार थियो पंछीको, जहाँ एक जोडी माउका दुईवटा चल्ला गरि चारवटा पन्छी रहन्थे । वरिपरी घना जंगल भएकाले चारो खोजेर आहार बटुल्न मुस्किल हुने हुँदा प्राय माउ (भाले) टाढा टाढाको फाटमा जाने गर्थे । तर ति चार पंछीको परिवारमा आहार खोजेर ल्याउने कोहि थिएनन् । माउ भाले एकदमै अल्छी थियो, पोथी माउले कतैबाट ब्यबस्था गरेमा मात्र पेट भर्थे । बचेरा ठूला हुदैं गएका थिए, आहार पनि बढेदै गएको थियो । त्यसैले पोथी माउलाई चिन्ताले सतायो, न बस्ने गूड थियो न त आहार नै ।

पोथीले भालेलाई धेरै माया गर्थी त्यसैले चारो खोज्न र गुड बनाउन कहिले भनिन । जसोतसो आफैले गुजारा चलाएकी थि । एकदिन ठूलो हुरी बतास् आयो, बचेराहरुलाई पानीले भिजायो । बचेराहरु बिरामी भए नखाने चारो छ न बस्ने गुड छ । झन् पछी झन् समस्या बढ्दै जाने अबस्था देखेर पोथी चारो खोज्ने र राम्रो बासस्थान बनाउने आफ्ना परिवारलाई सुखद जीवन दिने अठोटका साथ बचेरालाइ माउ भालेको जिम्मा लगाएर स–साना बचेरा आफुबाट अलग्गै पारि भुर्र उडी कोशौं टाढा पुगी । हावाहुरी जाडो गर्मि जे जस्तो परिस्थितिमा पनि आफ्ना बचेरहरुलाई ढाकेर ममताको न्यानो छहारीमा राखेकी पोथी अचानक छोडेर जाँनु पर्दा बचेराहरु आत्तिएका थिए नै भालेले पनि विछोडको नरमाइलो पिडा महशुस गरेको थियो ।

त्यो विछोडको पिडा पोथीलाई पनि सहैय थिएन, तर पनि चारो जम्मा गर्ने र सानो गुड बनाएर परिवारलाई खुसि र सुख दिने कल्पनामा रातदिन संघर्ष गर्दै गई । उसैको छिमेकी परेवा पनि चारोको खोजीमा प्रदेसीएको थियो एकै ठाउँमा हुनाले बेला बखत भेट गर्थे र सुख दु:ख साट्दै रुने गर्थे । परेवा बेला बखत गाउँ फर्किने गर्थ्यो उसै संग परिवारलाई चारो पठाउने गर्थी । उता राम्रोसँग बस्ने खाने गरेका थिए । दिनहरु यसरि नै बित्दै गए । परेवाको सहायताले पोथीले जम्मा गरेको चारो र गुड बनाउने सामग्री पठाउने गर्थी भालेले अत्यन्तै सुन्दर गुड बनाएर बचेरालाई राम्रोसँग हेरचाह गरेको थियो ।

परदेशमा पोथीलाई सारै दु:ख थियो । बस्ने गुड थिएन, कैयौं पटक शिकारीले गुलेली हानेर घाइते बनाएका थिए । रगतको खोलो बगाएर भएपनि परिवारको लागि निरन्तर लागि परेकी थिइ । बचेरा सम्झेर भकानिन्थी । उनैको सुखी जीवन बनाउन फेरी आफुलाई बन्दक बनाएई रातदिन खटी चारो बटुलेकी थिए । लामो समय बित्यो आफ्ना सन्तान कत्रा भए होलान् ? कस्ता भए होलान् ? त्यसै माथिको भालेको संझनाले पनि निकै सताउँथ्यो । अब त आफ्नो परिवारलाई खान र बस्न पुग्छ भन्ने लागेपछि पोथी खुशीले तरंगित हुँदै मिलनको चोखो कल्पनामा चुबुल्की मार्दै भालेसँगको सामिप्यता अनि बचेराहरुप्रतिको ममताले कता कता काउकुती र बात्सल्यता झल्कौथ्यो । यस्तै मिठा पलहरु सम्झदै भुरभुर उडेर आफ्नो गाउँ वस्ती पुगी, मनै भरि खुसीको बहार फुलाउदैं । यो जीवन न हो आफुले साेंचे र सम्झे जस्तो कहाँ कसलाई पो पुगेको छ र ? पोथी घर पुग्दा छायाँबाट खसेजस्तै भै आकाशले थिचे जस्तो भयो । मुटु हान्न थाल्यो, साना बचेरा अब ठुला भुरभुर उड्न सक्ने भएका थिए । पोथीले छाडेर गए लगत्तै भालेको मृत्यु भएको रहेछ र एक जहरिलो सर्पले बचेराको रेखदेख गरेको रहेछ । बचेरालाई आफु जस्तो जहरिलो बनाएको रहेछ । आफुले कोरले र सृष्टि दिएकी भए पनि सानैमा छोडेर गइ । उता भालेको पनिमृत्यु भएकोले राम्रो संस्कार दिन सकेनन् । सर्पले हुर्कायो आफु जस्तो बनायो, बचेराहरुले गलत सस्कारलाई मात्र बुझे सर्पले पोथी माउले जोडेको चारो र गुड र सबथोक बचेरा समेत हडप्यो । बचेराहरुलाई नै आमाको खिलाफ भड्काएर विरोधी बनाएको थियो । स–साना बचेरा छोडेर गएकी होस् तलाई हाम्रो माया थिएन र त छोडेर गइस तैले छोडेको कारणले नै बाउको मृत्यु भएको र सर्पले पालेर आज हामीलाई जीवन दिएको हाम्रो लागि सबथोक सर्प हुन् त हैनस् भनेर गुडभित्र छिर्ने अनुमति समेत दिएनन् । बिचरी पोथी जसको लागि पुरा जिन्दगि घाइते भएर दुख गरि उमेर सकियो रोगि थिई बुढेसकालमा सहारा बन्ने भाले थिएन । बचेराहरुले बाउको मृत्युको कारण आफुलाई ठहराउँदै प्रत्येक बोलीमा जहर उकल्थे । पोथीलाई सहि सक्नु भएन बचेरा अलग संस्कारमा परेकोले यस्तो अवस्था आयो । कसरी बास्तविकतालाई आफ्ना सन्तानको अगाडी प्रतुत गरौं ? कसरी सर्पको कब्जाबाट बाहिर निकालौं भनेर निकै चिन्तिन थिइ बिचार पोथी । आखिर मातृत्वको ममता हो, सन्तानप्रति कहिल्यौ गलत भावना पैदा हुंदैन । कोसिश गरिरही सर्पको नियत गलत थियो भनेर सम्झाउन तर सकिन दिमागभरि विष घोलिदिएको थियो सर्पले । जोडेको सबै गुड चारो सर्पले मेरो हो भन्यो, पोथी (आमा)ले तिमीलाई अलपत्र पारेर छोडेकी थिइ ।

भालेको थिइ भालेको मृत्यु पछी मैले स्याहार सुसार नगरेको भए आज तिमीहरु जिउदो रहने थिएनौ भनेर दिमाग भरेको थियो । बचेरा कठै आमाको ममता बुझ्न नसकेर त्यहि जहरिलो सर्पको फन्दामा कहिल्यै नउम्किने गरी फसे बिस्तारै बिस्तारै पोथीले जोडेको सबै थोक सकियो सर्पले हिनामिना बनायो । जुन अबस्थामा बचेरा छोडेर गएकी थिइ त्यहि अवस्था सिर्जना हुन पुग्यो । उता पोथी अब कमाउने अबस्थामा छैन सिकारीको गोलीबाट घाइते छ, आफ्नो भाग्यलाई धिकार्दै भालेलाई गाडेको चियान माथि थचक्क बसेकी छ । बिगत सम्झेर मुटु भकानिन्छ जुन बेला बचेराहरु साना थिए, हावा हुरी आउँदा ओथारो बसेर आफु रुझ्दै न्यानोपन दिएकी थइ, आफुले नखाएर बचेराको पेट भरेकी थिइ बस्ने गुड खाने चारोको अभावमा पनि धेरै खुशी थिए आफ्नाको साथ माया र आत्मीयताको बलियो बन्धनले एक परिवारलाई कसेर राखेको थियो उनै मिठा रमाइला र प्यारा दिनहरु सम्झिदै मृत्युलाई कुरेर बसिरहेकी छ बिचरी पोथी !

कल्पना पौडेल 'जिज्ञासु'
गैँडाकोट-४, नवलपरासी
हाल: इजरायल


साहित्यिक चौतारी

साहित्यिक चौतारी

स्रष्टा र पाठक वर्गको साझा चौतारी


  • तपाईँका साहित्यिक लेख/रचनाहरू इमेल मार्फत पठाउन यहाँ क्लिक गर्नुहोस।

  • तपाईँ हामीलाई फेसबुकमा पनि पठाउन सक्नुहुन्छ।

    Find us on Facebook


No comments: