(नेपालका वरिष्ठ साहित्यकारहरूका पुस्तक बाट साभार गरिएको गजल लेख्न चाहने र निखारता ल्याउन चाहनेहरूका लागि अति उपयोगी ) गजलको संक्षिप्त परिचय र यसमा प्रयोग हुने तत्वहरू (उदाहरण सहित) 'गजल' त्यो साहित्यिक विधा हो, जुन गायन कला सँग अती घनिष्ठ सम्बन्ध राख्दै लयवद्ध,सरल र प्रतिकात्मक रुपमा मतला, शेर,काफिया ,रदिफ,मकता,तखल्लुस र बहर जस्ता तत्वहरु प्रयोग गर्दै aa, ba, ca, da, ea शैलिमा लेखिन्छ। गजल शव्दको अर्थ र ईतिहासको बारेमा बिभिन्न विद्वानहरुले आ-आफ्नै तरिकाले मत दिएका भएपनी गजलमा हुनुपर्ने मुलभूत तत्वहरुमा भने त्यती धेरै मतभिन्नता पाइन्न। यहाँ हाम्रो पाठकहरु लगायत गजल सृजनामा पाइला टेक्दै गर्नु भएका नव आगन्तुक पाठकहरुको लागि उपयुक्त हुने हेतुले गजलका तत्वहरु बारे केही चर्चा गर्ने जमर्को गरेको छु। गजलका तत्वहरु: (क) शेर ➭ शेर: ➭ काफिया (क) पूर्ण काफिया पूर्ण काफिया भन्नाले सिङ्गो शव्दनै काफियाको रुपमा आएको छ भने त्यस्तो काफियालाई पूर्ण काफिया भनिन्छ। जस्तै: खाम, नाम, याम, लाम, दाम गाउँ,जाउँ, आउँ, पाउँ,धाउँ,जाउँ, इत्यादी नखोलेरै राखिएको एउटा बन्द खाम थियो। कताबाट उजाडियो मनको सानो फूलबारी। आज किन यहाँ केहि, केहि पनि देखिएन। सधै- सधै बग्ने खोली एकै छिन रोकीइदेउ। मनमा दियो विश्वासको नबलेको जिन्दगीमा। साभार: एउटा बन्द खाम (ललिजन रावल) आंशिक/शब्दांश काफिया: कुनै शब्द भित्रको अंशमात्र काफियाको रुपमा आएको छ भने त्यस्तो काफियालाई आंशिक वा शब्दांश काफिया भनिन्छ । जस्तै: प्रहार,आधार,बिचार, सरोकार, अवतार, इत्यादी । उपरोक्त शब्दहरुमा क्रमश: हार, धार, चार, कार, तार, ले काफियाको रुपमा काम गरेको छ भने प्रहारको "प्र" आधारको "आ" बिचारको "बि" सरोकारको "सरो" र अवतारको "अव" ले काफियाको काम गर्दैनन् । यहाँ पूर्ण शब्दको केहि अंशले मात्र काफियाको काम गरेको देख्न सकिन्छ। तसर्थ यस्ता काफियालाई आंशिक वा शब्दांश काफिया भनिएको हो।आंशिक वा शव्दांश काफियाको एउटा उदाहरण: वस्न त म आफ्नो छुट्टै संसारमा बसेको छु आसन छ तरवारको देखेको छु आफूलेनै पराईको घरमा छु आफन्त त टाढा भए शहरमा बसेको छु भन्ने सोच्दै थिए तर साहुनीको भट्टीजस्तो सानो ठाउमा हैन आज साभार: पदम गौतम (एकलाशको फूल) उपरोक्त गजलमा संसारको 'सं', जङ्घारको 'जङ्',वजारको'व'कारागारको 'कारा'ले काफियाको काम गर्दैन तसर्थ यस्ता काफिया आंशिक वा शब्दांश काफिया अन्तर्गत पर्दछन्। (ग)एकाक्षरी काफिया भन्नाले काफियाको रुपमा एउटा अक्षर मात्र आउने वा आंशिक शव्दको अन्तमा काफियाको रुपमा आउने एउटा अक्षरलाई एकाक्षरी काफिया भनिन्छ। सामान्यतया गजलमा एकाक्षरी काफिया प्रयोग गर्नु राम्रो मानिन्दैन तर पनि कतिपय गजलकारले प्रयोगको रुपमा वा विचलनको रुपमा एकाक्षरी काफिया गरेको पाइन्छ। एकाक्षरी काफिया प्रयोग गरिएको गजलको पनि एउटा उदाहरण हेरी हालौं : व्यथै व्यथा छ मनभरी खुसी खोजूँ कतातिर आरु फुल्यो वगैंचामा,पीडा फुल्यो मुटुभरि मुटु चिरी बनाउँ कि रातो रगतको मसी आगोपनि छ छातीमा,हुरी पनि छ छातीमा यो भीडमा हरायो कि,त्यो पीरमा हरायो कि श्रोत: रवि प्राञ्जल (उही बाढी उही भेल) माथिको उदहरणमा 'सी','दी','री','गी','पी' आदि एकाक्षरी काफिया हुन् । (घ)मिलित काफिया: पूर्ण काफिया वा आंशिक काफियासंग मेल खाने गरी समस्वरात्मक रुपमा दुई वटा शव्द आएको छन् भने त्यस्तो काफियालाई मिलित काफिया भन्ने गरिन्छ। जस्तै: वनी,दन्दनी,फन्फनी,हुन्छ नी,आदि मिलित काफियाको पनि एउटा उदाहरण तल हेरौं: तिमिलाई जहाँ दुख्छ त्यही दुख्छ मलाई पनि जव अलिकति शीतल अनुभूति गर्न थाल्छु थोरै मात्र भए पनि खुला राख दिल साथी आऊ यात्रा गर्न सिक मानवीय धरातलमा उहि नाग,उनि सर्प,फरक मात्र सोचाइमा माथि माथि खुट्टा देख्छु तल तिर टेक्नै छाड्यौ -डा. घनश्याम परिश्रमी(जून चुहेको रात) माथिको गजलमा काफिया बनेर आएका 'पनि','वबी','दन्दनी','हुन्छ नी', 'शनि','खनी' र 'महाधनी' मिलित काफियाको राम्रो उदाहरण मान्न सकिन्छ। यसरी गजल विधाको तत्वहरु अन्तर्गत पर्ने काफियाको बिभिन्न स्वरुपहरुवारे चर्चा पछी अब रदिफ को पनि केही चर्चा तल गरिएको छ । ➭ रदिफ गजल निर्माण प्रकियामा गजलको श्रुतिमधुरता,सौन्दर्य र एउटा छुट्टैपना वा पहिचानको निम्ति काफियापछि निरन्तर् दोहोरिएर आउने पद वा पदावलीलाई रदिफ भनिन्छ। त्यसैगरी शव्दसंरचनाको आधारमा रदिफलाई तीन तरिकाले विभाजन गर्न सकिन्छ: १.पदमूलक रदिफ १. पदमूलक रदिफ: रदिफको रुपमा एउटामात्र शव्द आएमा त्यो पदमूलक रदिफ हुन्छ। सिक्री वने जस्तै गाडीहरुको लाम छ हतारोमा छु म,मैले पुग्नु छ टाढा विभाजनको रेखा अझै गाढानै देख्छु मानूँ त कसरि मानूँ,नमानूँ कसरि इमान साँचेर नै के भो,हो भने यस्तै -डा.घनश्याम परिश्रमी(जून चुहेको रात) उपरोक्त गजलमा रदिफको रुपमा केवल "छ" शव्दमात्र अर्थात एउटा शव्द मात्र आएको छ तसर्थ यस्तो गजललाई मुरद्दफ गजलको रदिफ अन्तर्गत पदमूलक रदिफ मा राख्न सकिन्छ। २. पदावलीमूलक रदिफ: गजलमा यदि दुई वा दुई भन्दा बढी शव्द रदिफको रुपमा आएको छ भने त्यस्तो रदिफलाई पदावलीमूलक रदिफ भन्ने गरिन्छ। भेटिएको राम्रो मान्छे अन्तै सरे जस्तो छ वालुवाझैं सुख्खा थियो मनको मझेरी दन्किएको वैंसको आगो सल्काऊ कसरी नदेखिईनै मनको घाउ दुख्छ जसरी साँच्चै तिम्रा आँखा सागर मोती तिम्रा दन्त -वियोगी बुढाथोकी(गजल तिम्रो नाम होइन) यो गजलमा प्रस्तुत रदिफ "जस्तो छ" दुई शव्द मिलेर बनेको छ,यस अर्थमा यस गजललाई मुरद्दफ गजलको रदिफ अन्तर्गत पदावलीमूलक रदिफ भित्र रहेको बुझ्न सकिन्छ। ३. वाक्यात्मक रदिफ गजलमा रदिफको रुपमा पुरै वाक्यनै आएको छ भने त्यस्तो रदिफलाई वाक्यात्मक रदिफ भनेर चिनिन्छ। निम्तो थियो आउनु भएन,हजुरको ढोकासम्म आएँ मुखमा राम राम,बगलीमा छुरा भन्छन् यता आयो यतै ठिक्क,उता गयो उतै ठिक्क आफैं बोक्सी आफैं धामी,कस्तो चाला हो यो काग कराउदै गर्छ,पिना सुक्दै गर्छ ➭ मतला गजलको प्रत्येक दुई पङ्क्तिलाई शेर भनिन्छ,शेरको पहिलो पङ्क्तिलाई मिसरा-ए-उला र दोश्रो पङ्क्ति लाई मिसरा ए-सानी भन्ने गरिन्छ तर गजलको प्रारम्भको शेरलाई भने मतला भनिन्छ
अर्थात गजलको सुरुवाती शेरलाई मतला भनेर चिनिन्छ। मतलाका केहि उदाहरणहरु: "तिमीलाई जहाँ दुख्छ त्यही दुख्छ मलाई पनि "धनमाया पहेंला ती सबै सुन होइनन ➭ मकता गजलको अन्तिम शेर वा टुङ्ग्याउनीलाई मकता भनिन्छ। कुनै कुनै विद्वानहरुले तखल्लुसयुक्त(उपनाम)अन्तिम शेरलाई मात्र मकता भनिने अवधारणा राखेका भए पनि संरचनाको आधारमा र गजलको अन्तिम शेर गजलगोले आफ्नो सम्पूर्ण वयान वा भनाई टुङ्ग्याएको अर्थमा सिर्जना गर्ने भएकोले तखल्लुसयुक्त अन्तिम शेर मात्र होइन,तखल्लुस बिनाको अन्तिम शेरलाई पनि मकतानै भनिन्छ। |
गजलको संक्षिप्त परिचय र यसमा प्रयोग हुने तत्त्वहरू
Subscribe to:
Posts (Atom)
No comments:
Post a Comment