मुक्तक: रुपा वलीका केहि मुक्तकहरू
श्रष्टा: रुपा वली
मन मुटु साट्न यहाँ न त बजार चाहियो।
न त दिलमा थुनिराख्न कारागार चाहियो॥
यसैले प्रेममा धोका पाउछन् होला मान्छे।
न साक्षी चाहियो न कुनै आधार चाहियो॥
***
धन लुटिन्छन अनि मन तोडिन्छ्न।
सातफेरामा गरेका वचन तोडिन्छन॥
कलियुगमा सबथोक गर्न छुट छर हो कि?
आफ्नो लागि आफन्तैका जीवन तोडिन्छ्न॥
***
बुढी आमाको चोली फेरियोस भन्ने चाहना।
देशको संविधान कोरियोस भन्ने चाहना॥
हत्या हिंसा आतंक दण्डहिनता अन्त्य होस।
निसहाय निरहलाइ नि हेरियोस भन्ने चाहना॥
***
निस्वार्थ सेवा गर्नेहरू भेटिए।
आफ्नै भकारी भर्नेहरु भेटिए॥
धेरै थरी भेटेँ घर बाहिर मैले।
जहर अनि अमृत छर्नेहरु भेटिए॥
***
केही गर्छु केही बन्छु भन्ने आश हुन्छ।
पाउदैन अवसर अनि फेरि निरास हुन्छ॥
बेरोजगारी दुर्ब्यसन को सिकार बन्दैछ।
यहाँ यसरी नै युवाशक्तिको बिनाश हुन्छ॥
***
मोहिको आश दिन्छ र फोहोर पानी दिलाउछ।
अन्जान छ सरकार तर जानीजानी दिलाउछ॥
खुशी पार्छ आज दिई डिग्री को प्रमाणपत्र।
भोलि फेरि निराश पार्दै राहादानी दिलाउछ॥
***
यो समाजले यस्तै कहानी बनाउछ।
अन्जान होईन जानीजानी बनाउछ॥
स्वार्थिहरुको बिचमा अपवाद बन्न।
खुट्टा तान्छ् फ़ेरि बेइमानी बनाउछ॥
***
खुशी छन पारी म वारि किनारमा छु।
मन एक्लो छ तर भिड हजारमा छु॥
जब एकान्त खोज्छु बिरक्तिएर म।
सोच्छु दुनियाँ मा कसैको प्यारमा छु॥
________________
-रुपा वली
तुलसीपुर-१०, दाङ, नेपाल।
No comments:
Post a Comment