कथा: एक रातको प्रेम
कथाकार: शितल दाहाल
❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤
उसले भाइवरमा कोही अपरिचितलाई "हाई" भन्यो ।
एकै छिनमा उताबाट पनि "हलो" आइहाल्यो ।
'तिमी मलाई चिन्छौ ?' केटीले सोधी, केटाले नचिने
पनि अब चिन्ने बतायो । दुवै जनाले भाइवरमा गफ
गर्दा आफुलाई कुनै समस्या नभएको जानकारी दिए ।
केटीले आफु बिरामी भएर घरमैं
आरामका लागि बसेको बताइ । केटाले
आफ्नो पनि विदाको दिन परेकोले कुरा गर्न समय
मिलेको बतायो ।
दुवै जनाले
आफ्ना स्कुलदेखि क्याम्पससम्मका पढाईको कुरा गरे
। केटा युरोपमा रहेछ । केटी यता आफ्नै बुटिक
चलाइ बसेकी । दुबै आत्मनिर्भर । नेपालमैँ बसे
पनि केटी आधुनिक । १०
वर्षदेखि युरोपमा रहेको केटाको आधुनिकताको कुरै
गर्नु परेन । घरपरिवारको पनि कुरा भयो । केटाले
आफ्ना परिवारका सबै युरोप र
अमेरिकामा रहेको बतायो । केटाको यो कुराले केटीलाई
अलिकति विदेशको लोभ लाग्यो ।
मनमा युरोप घुम्ने र
फेसबुकमा युरोपका ठूलाठूला शालिक,
हरिया घाँसका बगैंचा र रेष्टुरेन्टमा खाँदै
गरेका अनि बडेमानका पुलमाथि बत्तिने
कारमा कुदेको फोटो खिचेर सबैलाई देखाउने सपनाले
एकै पटक पहिले मरेका आशाहरु फेरि पलाए ।
गएको वर्षमात्र युरोप कै कुनै देशले केटीलाई
भिसा नदिएको थियो ।। कारणमा,
"तिमी हाम्रो देशमा गयौ भने फर्कने आधार छैन"
भनिएको थियो । त्यस यता केटीले
फेसबुकमा विदेशको फोटो सजाउने सपना देख्न
छोडेकी थिई ।
केटाका आफन्त पनि सबै विदेशमा छन् भने
पछि केटीले कुराको रफ्तार बढाइ । केटाले
पनि केटीका फेसबुकमा भएका सबै
फोटा हेरि भ्यायोे । गोरा गाला, कतै
घुँडाभन्दा माथिसम्म देखिएका छोटा पहिरन
अनि झरनाको विचमा पालता लुगा लगाएर
खिचेका फोटाले उभित्रको रसायनिक पुरुष बिउँतायो ।
तर, यी दुबैले आफ्ना स्वार्थका कुराको कुनै
सुइँको दिएनन् ।
'मलाई बहिनी नभन्नुस् ल ।
बहिनी भन्दा कस्तो कस्तो लाग्छ । खुल्नै
गार्हो क्या ।' केटीले भनी ।
उसले चाहेको यही थियो, 'साँच्चै हो त नी । हुन्छ
नी ।' उसले सहमती जनायो ।
साथी पाएर दंग केटाले भाइवरमा नै भर्चुअल चकलेट
पठायो । केटीले धन्यवाद सहित कफिका दुई कप
पठाइ । कुराको गति बढ्दै गयो । केटीले
आफ्ना केहि गर्नु पर्ने महत्वपूर्ण कामहरुलाई
थाति राखि । केटाले पनि बल्ल
पाएको सप्ताहन्तको विदामा गर्र्नै पर्ने महत्वपूर्ण
कामहरु नगर्ने बरु भाइवरमैँ कुरा गर्ने निर्णय कठोर
निर्णय ग-यो ।
'वास्तवमा भन्ने हो भने', केटाले भन्यो, 'एउटा असल
साथीको खोजीमा छु म ।'
केटी पनि फुरुगं भई उसका कुरा सुनेर । भनि,
'साँच्चै ? म पनि । म पनि एउटा साथीकै
खोजीमा थिएँ ।'
केटीले पनि आफु आजसम्म कुनै
केटाको साथी नबनेको र यो साथ नै
पहिलो भएको बताइ ।
खुशीको यो अवसरमा भाइवरमा एउटा रातो गुलाफको
फूल पठायो केटाले । यो शुभ संकेतलाई
सम्मानका साथ रातो ओठको चुम्वन पठाइ केटीले
पनि ।
केटो खुशीले मखलेल भयो । केटी उमंगले गदगद भई
।
एकैछिन अघिको "हाई"बाट शुरु भएको कुराकानीले अब
प्रेमको रुप लियो । अँध्यारो रातमा विवेक र
बासना सँगै लठारिन आइपुगे । दुबैले
चुम्वनको वर्षा गराए । एकले अर्कालाई खुबै
माया गरेको घोषणा गरे र भविष्यमा पनि गर्ने बताए
। तर यथार्थ भने दुबै जनाले भन्न चाहेनन् । दुबै जन
आफ्ना स्वार्थका बन्दी थिए । राम्री केटी देख्नै
नहुने कमजोरी थियो केटाको । धन भएको र
विदेशमा रहेको केटालाई पासोमा पार्ने नियत
केटीको । तर यतिखेर त्यस्तो देखिएन ।
'यु आर क्युट । आइ आइक यु '
'डन्ट से द्याट । यु लुक रफ एण्ड स्टील हेण्डसम
। आइ लब यु '
'बेबी लभ मी '
'बेबी एम डाइङ फर लभ'
कुराको सिलसिला अझै सकिएन ।
केटीको मोवाइलको व्याट्रीले आफु मर्न लागेको संकेत
ग¥यो । लोडसेडिङ्ग जो थियो । धन्न, त्यसै बखत
यो अमर प्रेमलाई बचाउन भगवानले साथ दिए झैं
भयो उसलाई । बत्ति आयो ।
***
अमर प्रेममा देखा पर्ने सानातिना व्यवधानहरु
यसरी नै बाटो लाग्दै गए । यो प्रेम अब
विवाहमा परिणत हुन कुनै बेर नलाग्ने
कुरा केटीको मनमा फूुलझैं फक्रियो । अनि सँगै
फक्रियो युरोप घुम्ने सपना । केटाको हाल अलग
थियो । भाइवरमा भेटिएकीलाई जति नै गफ दिए
पनि युरोपको एक्लो जीवनले उसलाई गलत
बाटोमा लगि सकेको थियो ।
कमाएको पैसा जति गोरीहरुले लिन्थे ।
पहिला कमजोरी र त्यहि कमजोरी नै
अहिलेको बाध्यता बन्न गयो । उ
विद्यार्थी भिसामा छिरेको थियो युरोप । तर, पढाई
पूरा गर्न नसके पछि देश फर्कन नसकेर उतै
भासिएको । स्त्री उसको कमजोरी । पढाई
पनि विगारेर घरको न घाटको भए
पछि कमाएको पैसा जति सबै रातको जीवनलाई मात्र
खर्चने आदत । रक्सि र चुरोटसँगको अन्तहिन र
अटुट सम्बन्ध ।
भाइबरमा उनीहरु एक अर्काका राजारानी भइसके ।
कुराहरुको अन्तहीन श्रृङखला एक
पछि अर्र्काे विषयमा गए तर कुरा टुङ्गिएन । दुबै
जनाले त्यो दिन मात्र होइन, रात भर पनि गफ गरेरै
विताए । रातमा के कुरा हुन सक्छ ? उही जीन्दगी,
सम्बन्ध, साथ । प्रेम र प्रेमका मात्रै कुरा भए ।
आधुनिक जमानाका केटाकेटीलाई कुनै कुराले
उनीहरुको मनको कुरा गर्न कसैले छेक्न सक्ने कुरै
भएन । यहाँ त पनि कोही निस्किएन । मनका कुरा,
तनका कुरा । अनि नितान्त शरिरका कुरा । उनीहरुले
साइबरमै हनिमुन मनाए । शरीर बाहेक अरु सबै
कुरा प्राप्त हुने गरी । रात बित्यो ।
'हनी, रातै पो बितेछ '
'कस्तो थकाई लागेझैँ पो भयो त डीयर'
अनि भोली भाइबरमै भेट्ने सहमती भयो । अब
यो भन्दा बढि कुरा गर्न न त विषय थियो न त
शक्ति नै । दुबै जनाको शक्ति क्षीण
भएको थियो रात भरमा । दुनिया बिउँझियो, तर
उनीहरु निदाए प्रेमको बिउ रोपेर ।
***
तर भाइवरमा त्यो भोलि फेरि कहिल्यै आएन ।
केटा त्यस यता कुनै दिन पनि भाइवरमा देखा परेन ।
केटीले इन्टरनेटका सारा विकल्पमा सर्च गरी ।
फेसबुकमा सन्देश पठाइ । तर उताबाट कुनै जवाफ
फर्केन । केटीले यो कुरा सायद कहिल्यै बुझ्न सक्ने
पनि छैन किनभने त्यसै रात पुलिसले गैरकानुनी रुपले
बसेको भन्दै केटालाई जेल पुर्याएको थियो ।
******** समाप्त **********
❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤
तपाईँलाई गजल, कथा, कविता, मुक्तक आदि मध्य कुन विधा बढी मन पर्छ? कृपया तलको लिन्क क्लिक गरेर आफूलाई सबभन्दा बढी मन पर्ने विधा रोज्नुहोस्। जसले गर्दा हामीलाई तपाईँको रुचि अनुसारका रचनाहरू तपाईँ समक्ष पस्कन सक्षम हुनेछौँ।
Click here to vote now.
यहाँ क्लिक गरि भोट गर्नुहोस।
Click here to find us on Facebook.
तपाईँ पनि यस ब्लगमा आफ्नो लेख-रचना प्रकाशन गर्न चाहनुहुन्छ भने तलका ठेगाना र लिन्कहरू क्लिक गरेर आफ्नो ठेगाना र तस्विर सहित पठाउनुहोला।
Email: gazalsangraha@gmail.com
Facebook: साहित्यिक चौतारी
प्रकाशक:
शब्दाङ्कुर साहित्य सञ्जाल
बडागाउँ, गुल्मी, नेपाल।
प्रधानसम्पादक:
सालिक राम खत्री
Email: salikram2046@gmail.com
Facebook: Salik Ram
______________________
सूचना! सूचना!! सूचना!!!
~~~~~~~~~~~~~~~~
यस ब्लगका प्रधान सम्पादक तथा बडागाउँ, गुल्मी निवासी Neural Tube Defect ले पिडित अपाङ्ग सालिक राम खत्रीको दयनिय जीवन कथा उनको उपचारार्थ पस्चिमान्चल क्षेत्रको सर्वाधिक लोकप्रिय रेडियो कार्यक्रम 'ओझेलका खबर' को लोकप्रिय स्तम्भ 'जीवनको गोरेटो' मा प्रसारण भएको थियो।
सो कार्यक्रम गुल्मीको रेडियो स्काई लगायत एक दर्जन रेडियो स्टेसन र अनलाइनमा गुल्मी न्युज डट कम लगायतका दर्जनौ वेबसाइट मार्फत प्रसारण भएको थियो
**************
➭ डाउनलोड गरेर सुन्नुहोस्:
Download and listen:
भाग-१ (Part-1) | भाग-२ (Part-2)
➭ युट्युबमा सुन्नुहोस्:
Please listen on YouTube:
सुन्नको लागि यहाँ क्लिक गर्नुहोस।
Click here to listen.
**************
सालिक राम खत्रीको उपचार र सहज जीवन यापनको लागि शब्दाङ्कुर साहित्य सञ्जाल सबै संग सहयोगको याचना गर्दछ।
सहयोग गर्न चाहनुहुन्छ भने तलको बैङ्क खातामा सक्दो आर्थिक सहयोग गर्न सक्नुहुन्छ।
अनुरोधक:
कामना उदास क्षत्री
सम्पादक
शेर्पिनी कान्छी
सह-सम्पादक
पवन महरा
सह-सम्पादक तथा रेडियो प्रतिनिधि
अनलाइन साहित्यिक पत्रिका 'साहित्यिक चौतारी'
प्रकाशक:
शब्दाङ्कुर साहित्य सञ्जाल
गुल्मी, नेपाल।
______________________
सम्पर्क:
सालिक राम खत्री
बडागाउँ-८, गुल्मी, नेपाल।
Emails: salikram2046@gmail.com and jiundosalik@outlook.com
Facebook: Salik Ram
Mob. no.: 9849850782
❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤
Global IME Bank
Name of Account Holder: Shalikram Khatri
Account no.: 7207010007605
खाता नं.: ७२०७०१०००७६०५
__________________
1 comment:
Thanks!
Post a Comment