लोकप्रिय कार्यक्रम 'बहकिने मन' मा यस हप्ता उत्कृष्ट ६ मा परेका मुक्तकहरू:
(२०७१ असार २)
१)
चोटै चोटले भरिएको दिल देखेर ।
गहभरि आशु टिलपिल देखेर ॥
अन्धकार बनाएर जिन्दगी नै मेरो ।
ऊ गाको छ अन्तै झिलमिल देखेर॥
-बुद्धिमान श्रेष्ठ
धादिङ्ग, नेपाल।
******
२)
नियुक्ति हुदैन अनि अवकास हुदैछ ।
माया गर्ने बिधि कुनैं खास हुदैन ॥
आत्मा छ अमर अनि माया अमर छ ।
र त तिमि बिना एक्लो आभास हुदैन॥
-जनक सिग्देल
गाजरकोट-६, तनहुँ, नेपाल।
******
३)
यस्तो मान्छेको काहानी लेख्दैछु।
आँसुले भरिएको बिहानी लेख्दैछु॥
पुरा हुन त लाग्छ दुई चार वर्ष।
जीन्दगी अनि जीन्दगानी लेख्दैछु॥
-कविता आचार्य
अर्घाखाँची, नेपाल।
******
४)
सोझा साझाको बाच्ने आधार हुदैन।
पिडाहरु कहि कतै साभार हुदैन॥
नेतालाई रुघा लाग्दा युरोप पठाईन्छ।
गरिबको मुटुको उपचार हुदैन॥
-विनोद घिमिरे
धादिङ्ग, नेपाल।
******
५)
जे देखियो, सब बिचित्र देखियो ।
एउटा यस्तो पनि मित्र देखियो ॥
हिजो जसको तस्विर जलाएर फाले।
आज उसैलाईदिल भित्र देखियो॥
-विनोद भट्टराई
******
६)
जे जे हुँदैछ यो जानी जानी हुँदैछ।
कसैबाट मलाई बैमानी हुँदैछ॥
नढाँटी भन मलाई छोडेर जाँदा।
बिपक्ष बाट कति लगानी हुदैछ॥
-सुनिल खनाल
रुपन्देही, नेपाल।
हाल: भारत।
साभार: रेडियो कार्यक्रम 'बहकिने मन'
____________________
विज्ञापनको लागि ठाउँ
ँ
गजल संग्रह
No comments:
Post a Comment