गजल: आजभोलि सन्चो छैन एक्लो छु विदेशमा

आज भोलि सन्चो छैन एक्लो छु विदेशमा।
आफ्नो कोहि हुन्न एक्लो छु विदेशमा॥

छैटौदिनमा के लेख्यो पापी भगवानले।
आफन्ता लाई छोडी बस्नु पर्ने
एक्लो विदेशमा॥

हिजो आज यो मन किन अलि हरेस खा'छ।
कति पिडा सहनु पर्ने रैछ एक्लै विदेशमा॥

घर सम्झी मन पोल्छ चाड पर्व आउदा।
झर्दो रहेछ आफै आँशु आँखा बाट एक्लै विदेशमा॥

______________
वाशना शर्मा
बाजुरा, नेपाल।
हाल: सिउल, कोरिया।

***************
हाम्रो फेसबुक पेज 'साहित्यिक चौतारी' लाइक गर्न यहा क्लिक गर्नुहोस्।

No comments: