गजल: टार्दै थिएँ जिन्दगी

गजल: टार्दै थिएँ जिन्दगी
गजलकार: क्षेत्र प्रेम मुखिया

जे हुन्छ राम्रै भनी टार्दै थिए ज़िन्दगी।
सम्झी सम्झी व्यथा आफ्नो हार्दै थिए ज़िन्दगी॥

भने जस्तो काम छैन काम बिना माम छैन।
एक एक दिन गन्दै यहाँ मार्दै थिए ज़िन्दगी॥

धनीवर्गको महल ठाड़ो गरीबलाई झुप्रो छैन।
सबै गरीब मृत्यु नजीक सार्दै थिए ज़िन्दगी॥

झूटोको छ बोलबाला साचोको केही मोल छैन।
विरक्तिएर दुई चार आँसु झार्दै थिए ज़िन्दगी ॥

बेकार भयो जीवन मेरो बाँच्ने कुनै रहर छैन।
अचम्मले टल्ल आँखा पार्दै थिए ज़िन्दगी॥

***************

तपाईँ पनि यो ब्लग र तलका फेसबुक पेजहरूमा गजल, कथा, कविता, मुक्तक आदि साहित्यिक विधाका रचनाहरू पोष्ट गर्न चाहनुहुन्छ भने तलको इमेल ठेगानामा रचना र तस्विर पठाउनुहोला।
Email: sahityikchautari@gmail.com

__________________

Facebook pages:

नेपाली गजल परिषद
साहित्यिक चौतारी

=================

प्रकाशक:
शब्दाङ्कुर साहित्य सञ्जाल, नेपाल।

प्रधान सम्पादक:
सालिक राम
Salik Ram

सम्पादक:
पेमा सिंह तामाङ

सह-सम्पादक:
शेर्पिनी कान्छी 'निम'
कामना उदास क्षत्री

बजार व्यवस्थापक:
पवन महरा

Please share this!

No comments: