गजलकार: अर्जुन खत्री
हाम्रा फेसबुक पेजहरू:
➭ नेपाली गजल परिषद
➭ साहित्यिक चौतारी
जिन्दगीमा अनगिन्ति चोट पाएपछि हो।
चुनौति सॅग हर प्रहर मित लाएपछि हो॥
प्रगतिका मेरा पाईला मजबुत बनेका।
प्रत्येक पटक दर्दनाक ठेस खाएपछि हो॥
दैबले पनि बर्षा गराउन छाडिदिएको।
मेरो घरको चुहिने छानो छाएपछि हो॥
म आस्थाको फुल बोकी मन्दिर धाएको।
कथित दलित पुजारि भई आएपछि हो॥
सरकारले मेरो बस्तिमा पाईला टेकेको।
बस्ति नै सारा पहिरोले बगाएपछि हो॥
Email us at:
sahityikchautari@gmail.com
Please share this!
No comments:
Post a Comment