गजल: मेरो देश बाँचिरहोस्

गजल: मेरो देश बाँचिरहोस्
गजलकार: पेमा सिंह तामाङ
Facebook: Pema Singh Tamang

म मरेर के भयो र,  मेरो देश   बाँचीरहोस।
सगरमाथा हिमाल त्यो,सदैब हाँसीरहोस॥

मेरो लाश खरानी भइ चित्तामाथी जले पनि।
देशको शैलुंगेमा डाँफेमुनल बाँसीरहोस॥

नहराओस् मेरो देश,अर्को जन्म आउँनेनैछु।
वनपाखा चौतारीले हाम्रो गाथा साँचीरहोस्॥

मेरो चिहान वर पर लालीगुराँस  फुलोस्।
डाफेँ मेरो साथ बनि कतै त्यहाँ बाँसीरहोस्॥

मरेर पनि हेर्न चाहान्छु सप्तकोशी बगेको।
चन्द्रसूर्य झण्डा मेरो लाशमा टाँस्सिरहोस।

(गजलकार 'नेपाली गजल परिषद' फेसबुक पेजका प्रधान सम्पादक तथा सञ्चालक हुनुहुन्छ भने यस ब्लगका सम्पादक हुनुहुन्छ।)

LIKE US ON FACEBOOK!
Facebook pages:
नेपाली गजल परिषद
साहित्यिक चौतारी

**************
अनलाइन साहित्यिक पत्रिका 'साहित्यिक चौतारी'
प्रकाशक:
शब्दाङ्कुर साहित्य सञ्जाल, नेपाल।
Email: sahityikchaitari@gmail.com
प्रधान सम्पादक:
सालिक राम 'जिउँदो सालिक'
Facebook: Salik Ram
Twitter: @JiundoSalik

PLEASE SHARE THIS PAGE!

No comments: