गजल: दशैँ लहर आयो : प्रतियोगी गजल - २

दशैँ, २०७१ विशेष
______________
गजल: दशैं लहर आयो
गजलकार: क्षेत्र 'प्रेम' मुखिया

कास फुल्यो चऊरमा, दशैं लहर आयो।
ठूलो बडाको आसिष, लिने प्रहर आयो ॥

भाई बहिनी नानीहरू, खुशी छन धेर।
किन्न नया लुगा फाटा, उनी शहर आयो ॥

दाजू भाई विदेशमा, धन कमाउनेलाई।
सन्तान देखी टाढ़ा, हुने जहर आयो ॥

प्रवासमा छैन कोही, आफन्तको नाउमा।
बा-माको हातका टिका, लाउने रहर आयो ॥

भाँड़िएर जाति यहाँ, चाड़ पर्व छोडिँदैछन।
संस्कृति अल्पिँदा "प्रेम", धेरै कहर आयो ॥

-क्षेत्र  मुखिया
सिलगड़ी, भारत

No comments: