दशैँ विशेष गजल प्रतियोगिता : प्रतियोगी गजल- १

दशैँ विशेष गजल प्रतियोगितामा सहभागी गजल
Contestant no. 1
कोमल भट्ट
____________

**** गज़ल ****
घरै पिच्छे खुसी छाओस यो दसैँमा
सबैको आँगनी हाँसोस यो दसैँमा

भवानीले गरून रक्षा प्रेम गर्दै
समुन्नतले शिखर नाघोस यो दसैँमा

निराशाको हटोस कालो बादलै त्यो
खिचातानी उँधो लागोस यो दसैँमा

नहून भोका तथा नाङ्गा देश वासी
बिचल्लीको दशा सुध्रोस यो दसैँमा

अँध्यारो भै झरेका छन् आँसु धेरै
उज्यालोले धरा नाचोस यो दसैँमा

बढेका छन् अधर्मीका झेल मात्रै
असत्यैले घुँडा टेकोस यो दसैँमा

रुँदै भागून खुराफाती सोच चाँडै
सुभावैले जरा हालोस यो दसैँमा

सुवासी भै फुलून सारा चाह मनको
दुरावस्था धुलो चाटोस यो दसैँमा
(बहरे करीब)
कोमल भट्ट
komalpbhatta@yahoo.com
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

_______________
यस प्रतियोगितामा सहभागी सम्पूर्ण गजल मध्यबाट हाम्रो निर्णायक मन्डलले  उत्कृष्ट पाँच गजल (Top) छानेको छ। ति उत्कृष्ट गजल मध्ये एउटा सर्वोत्कृष्ट गजल छान्ने जिम्मा तपाईँलाई दिन्छौँ। कृपया आफूलाई मन परेको एकजना श्रष्टालाई भोट गर्नुहोस्।

___________________

No comments: