गजल: मेरो नेपाल रोएको छ

गजल: हे दैव!
गजलकार: नानु मगर
बिचरा ती नाबालकहरु अनाथ बनायौ किन।
लुटेर ए दैव खुशी सारा सखाप बनायौ किन।।

नेपाल अनि नेपालीलाई शोकै शोकमा राखेर।
रमाउदै गयौ यो अधुरो जवाफ बनायौ किन।।

छुटाएर काख खोसेर लग्यौ यी सारा खुसी।
टुहुरो पारेर यो मायाको अभाव बनायौ किन।।

ढलायौ ईतिहास मेटायौ सहिदहरुको निसानी।
अनि देशमा भोकमरिको बजार बनायौ किन।।

भरिपूर्ण थियौ सम्पत्तिले हामी नेपाली जन्ता ।
फेरि आज सबैलाई खाली हात बनायौ  किन।।
-२०७२/१/२३
************
नानु मगर
किचनास-८, स्याङजा, नेपाल।
हाल : कुबेत

साहित्यिक चौतारी

No comments: