निबन्ध: असमर्थ
स्रष्टा: अज्ञात
आज जिन्दगीमा पहिलो पटक मलाई हारेको महशुस भयो । हुन त धेरै पटक म धेरै कुरामा असफल हुँदै आएको उदाहरण होलान र सबैजनाको यस्ता कैयौँ उदाहरण हुन्छन् । यदि सफल भैदिएको भए त्यो आत्मबृतान्त बनेर पुस्तकमा सजिलै भेट्न सकिन्छ तर असफ उदाहरणको महत्व नै कहाँ हुन्छ र ? तर कुनै घट्ना यस्तो हुँदा रहेछन् जसले भित्रै देखी हार हार भन्ने आवाज सहित हारेको खतरनाक चोटको महशुस हुँदो रहेछ । आज मलाई साँच्चै हारेको अनुभव भएको छ । हार के हो मैले आज भित्रबाट अनुभव गरेको छु । म हारेकोमा कसैको नजाँनिदो जित छ त्यहाँ । तर यो जित त्यस्तो खाले जित हो जसले उसलाई तत्काल जितको आनन्द त देला तर उसलाई पनी थहा नहोला की यो उसको पनि अप्रत्यक्ष रुपमा ठुलो हार हो यो । यो जितको लागी उसले जिन्दगीमा ठुलो कुरा दाउमा राखेको छ ।
आज शुक्रवारको दिन वि.सं. २०७२ शालको वैशाख महिनाको ४ गते । मेरो चाहना थियो कि म भोली माता तिर्थ औशीँको दिन आमाको मुख हेरेर मेरो दिनको शुरवात गरौँ भन्ने । तर आज एक दुई जना दुःखी आत्माको कारण बाट मेरो यो चाहना सफल हुन पाएन । खैर म यो घट्नालाई त्यस्तो धेरै विश्लेषण गरी रहन सक्दिन पनी र चाहन्न पनी ।
सानो छँदा लाग्थ्यो कि पैसा जाबो कुरा ठुलो भएपछि मनग्गै कमाएर म यसो गर्छु म त्यसो गर्छु । बिस्तारै उमेर बढ्न थाल्यो , फेरी यो समय भन्ने कुरा कस्तो तिलस्मी हुँदो रहेछ भने बितेको त थाहा नै नहुने । कति खेर लगेर कुन मोडमा नराम्ररी पच्छार्छ नपच्छारीन् ज्याल सम्म थाहा नहुने र पच्छारी सकेपछीको त्यो मुर्मुर्याउदो पिडाले जब पिडित भईन्छ तब यो संसार कि त बिरानो जस्तो लाग्छ , कि त धेरै नै प्यारो । जसलाई संसार बिरानो लाग्छ त्यो ब्यक्ती यो संसारमा टिक्न सक्दैन र जसलाई संसार प्यारो लाग्छ उसले यो संसारमा बिरानो ब्यक्तीलाई टिक्न दिँदैन ।
तर मलाई अचम्म लागी रहेको छ । नत मलाई यो समयले दिएको पिडाले छट्पटिने गरी सताएको छ , न त ति दुःखी आत्माहरु सँग रीस नै उठेको छ । बरु एकछिन पछि सम्हालीएर म केहि लेख्ने कोसीश गरीरहेको छु र मैले यो समय बाट केहि कुरा सिक्न पो सक्छु कि भनेर आजको मेरो हारका प्रत्येक कारणहरु र मलाई धोका दिने ब्यक्तीहरुको आनन्दलाई महशुस गर्न खोज्द्रै छु । किनकी मैले यती ठुलो हार भोगे बापत उनीहरुले जसरी पनि ठुलो उपलब्धि हाँसील गर्नु जरुरी छ । यदि उपलब्धि हाँसील गर्न सकेका रहेनछन भने त्यो मेरो हारको उपलब्धि उनिहरुले प्राप्त गर्न नसकेको मात्र होइन ती जती खतम र असफल म (हारेको ब्यक्ती पनी ) हुन सक्दिन । किनकी यो उनिहरुले मलाई दिएको चोट मात्र होइन एउटा बदलाको भावना पनी उजाग्रीत गराएका छन् । तर म तिनीहरु सँग बदला लिने सोचमा छुइन । तिनीहरुलाई यो समयको साहरा लिएर म कुनै पाठ चै पक्कै पढाउँनेछु ।
संसार विचित्रको छ । सबै जना कागज रुपि त्यो शतिmशाली पैसाको पछि लागेका छन् । मैले सोचेँ अहँ म त्यो पैसाको पछाडी भाग्दिन मलाई पैसाको खासै जरुरी छैन । म खुसी र सन्तुष्टिको खोजीमा हिड्छु आदी इत्यादी तर आजको यो समय परिस्थितीमा आएर यस्तो खालको उद्देश्य राख्ने मात्र होइन कुरा गर्दा पनि मान्छेले यो समाजले त्यस्ता ब्यक्तीलाई पागल भनिदिन्छन् । बास्तवमा आदर्शवादको शिद्दान्तलाई पहिल्याएर यो समाजमा आदर्शको ब्यक्ती हुन त टाढाको कुरा सामान्य मानिस जतीको पनि भाउ रहँदैन रैछ । यो संसारमा पैसा कमाउने हो भने आदर्शवादलाई त्याग्नु त छँदैछ चाप्लुसीको पाठ पढेर त्यसमा पनि अब्बल नतिजा सहित प्रथम श्रेणीमा उतिर्ण हुनु जरुरी रहेछ ।
आदर्शको ब्यक्ती हुन नचाहने खासै नहोलान । तर पनि यो समय परिस्थितीमा आएर त्यस्तो ब्यक्तीको अभाव सड्किन थालेको छ । भित्रबाट मैला भएको ब्यक्तीले आदर्शको खोल ओड्दैमा त्यो व्यक्ति आदर्शको पात्र हुन कदापी पनी सक्दैन । समाजले माने पनि मैले यदि त्यस्ता ब्यक्तीको बारेमा सबै झुटा असलीयत थापाएपछी मान्न सक्दिन । सायद यो लेख मन पराएर पढ्नु भएको हजुर हरु पाठकले पनि मान्न सक्नु हुन्न होला यदि त्यस्ता ब्यक्तीलाई बाहिरी भलाद्मी रुपी त्यो सफा खोल बिनै देख्ने मौका पाउनु भयो भने । तर अब आदर्शलाई पच्छाउन पनि हल्का दाउ पेचको जरुरी परेको मैले महशुस गर्न थालेको छु । किनकी यो समाजमा यदि कसैले भलो गर्न चाहन्छ भने , भलो गर्न खोज्नेको दाँजोमा कुभलो गर्न खोज्ने ब्यक्ती बढि हुँदारहेछन् । देखीएको कुरा एउटा हुन्छ तर बास्तवमा भित्री कुरा अर्कै । इनै कुराहरु यहाँ अचम्म लाग्दा छन् ।
हामिलाई जन्माउने अविभावकले हाम्रो अस्तित्वको योजना गरेको दिन देखी , हामी जन्मने दिनको शुभ सहित सम्म पनि पैसाकै महत्वपुर्ण भुमीका रहेको हुनुपर्छ । किनकी अविभावकले हाम्रो अस्तित्वको योजना गरेको दिन भन्दा धेरै दिन अघि नै पैसाको जोर जाम हुन थाल्दछ । त्यहाँ कति धेरै त्याग र तपस्याको उत्पति भएको हुनु पर्दछ । आज म मेरो लागी त्यो त्याग र बलिदान गर्ने अभिभावकलाई भेट्न जान्छु भन्दा त्यै पैसा रुपी कागजले मेरो चाहनाको प्राप्तिको बाटोमा खाल्डो खन्ने काम गरेको छ ।
आज मैले त्यो कागजको महत्व बुझेको छु र आज म त्यो पिडालाई भित्र मन देखी नै महशुृस गरेर छटपटाउन चाहान्छु । भित्र बाट न्वारन देखि कै बल लगाएर म चिच्याउन चाहान्छु । एक एक पिडालाई कहिल्यै नविर्सन सक्ने गरी नशा नशा मा सुरक्षित साथ सक्षेंप गरेर राख्न चाहन्छु । अर्को मन बाट सोच्छु फेरी पैसा कमाउने यो दाउमा मेरो जिन्दगी त्यो तिलस्मि समय सँगै नबगोस भनेर । मैले यो संसारमा जन्म लिइ सकेपछि मैले होस नसम्हाले सम्म के गरे ? त्यसले खासै प्रभाव पार्न नसक्ला तर होस सम्हाली सकेपछि पनी कती यस्ता प्रहर हरु छन होला मैले जसलाई चाहेर पनि जिउन नसकेको हुम्ला । खासमा ती प्रहर हरु मैले चाहँदा चाहँदै पनि कति आफ्नै भविष्यको लागी र कति त्यै भविष्य बनाइदिन चाहने अविभावकको सपना हरुको लागी त्यग्दै आएँ । तर पछि फेरी एउटै कुराले मात्र मलाई पिरोल्न थाल्यो के मैले यो संसारबाट मैले जिन्दगी भरी भेला पारेको कुरा मध्ये बाट केहि कुरा पछि मरेपछी लिएर जान सक्छु त ? त्यसको उतर खोज्नु र उल्लेख गर्नु पनि खासै जरुरी छैन ।
अब कुरा त्यहिँ छ । जब म जिन्दगी भरी भेला पारेको कुरा लिएर जान सक्दिन भने त्यसलाई भेला पार्न किन मैले आफ्नो सिमीत समय खेर फाले त ? बरु भेला पार्नुको सटा कसैलाई केहि दिन सकेको भए त्यसबाट केहि उपलब्धि हुन्थ्यो कि ? तर दिने कुरा गफमा रमाइलो लाग्छ तर त्यसको लागी साहस र क्षमताको जरुरी पर्दो रहेछ । म धन सम्पतिको बिरोधि होइन न त कमाउनु गलत हो भनेर प्रमाणित गर्न नै खोजेको हूँ मैले । आज मात्र मलाई थहा भो जिन्दगी जिउन पनि पैसा कमाउनु पर्ने रहेछ भनेर । सायद म सँग आजको मितीमा पैसा मात्र हुन्थ्यो भने म कम्प्युटरमा आफ्नो व्यथाको वर्णन गर्नुको सटामा गाडिमा आन्दले भोलीको कल्पनामा शयर गरी रहेको हुन्थे होला । के मैले यो सस्तो सपना पुरा गर्न नसक्नु मेरै गल्ति होइन त? सस्तो सपना देखेर पनि पुरा गर्न असमर्थ हुनु यो मेरो गल्ति भन्दा पनि कमजोरी हो । यो मेरो असमर्थता हो जुन पैसाको कारणले पैदा भएको छ ।
आजको हार यदि पैसाकै कारणले भएको हो भने कसम लक्ष्मि माताको म यस्तो हार अब हुन दिने छैन । पैसाको खोजिमै यदि जिन्दगी बित्छ भने बितोस् । तर मेरो भावना मेरा यी सस्ता उद्देश्य र चाहना पैसाको कारणले भताभुङ्ग नहोस् ।
मलाई थाहा छ खासमा गल्ति मेरै हो पैसा कमाउने उद्देश्य मैले पनि राख्न सक्थे तर राखिन् किनकी म खुसी हुन सानो कारण भए हुन्छ जुन सस्तो र सुलब छ भन्ने सोच थियो मेरो । तर आज त्यो सस्तो सपनाको मुल्य चुकाउन असमर्थ भएकै कारण म जिवन लाई आफ्नो अनुकुल जिउन असफल भएँ , म सँग पैसा नभएकै कारणले कसैको आश गर्न मजबुर भएँ । जस्ले गर्दा म आज निराश भएँ । हो म आज असमर्थ भएँ ।
सूचना: निबन्धकारले नाम, ठेगाना र तस्विर उपलब्ध नगराउनु भएकोले यस पोस्टमा उल्लेख गर्न सकेनौँ। अब देखि स्रष्टाको परिचय नखुलाइएको कुनै पनि रचनाहरू प्रकाशन गर्न हामी बाध्य हुने छैनौँ।
साहित्यिक चौतारी
स्रष्टा र पाठक वर्गको साझा चौतारी
तपाईँका साहित्यिक लेख/रचनाहरू इमेल मार्फत पठाउन यहाँ क्लिक गर्नुहोस।
तपाईँ हामीलाई फेसबुकमा पनि पठाउन सक्नुहुन्छ।
No comments:
Post a Comment