गजल: गरेर आन्दोलन चल्छ कति दिन
स्रष्टा: रन्जना न्यौपाने
गरेर आन्दोलन ए मधेशी,चल्छ कति दिन यसरी ?
महङगीले आकाश छोयो,हामी जनता बाँच्ने कसरी ?
हिमाल,पहाड,तराई एक हुनु छ,टुक्रने हैन हामी
जो मरे पनि नेपालीनै मर्छ,भन अरु हाँस्ने कसरी ?
विकास गर्नु छ,अघि बढ्नु छ,बाधक बन्ने हैन कोही
सोचौ हामी सबैमा अब,भाइचारा नाता गाँस्ने कसरी ?
नरुवाऊ अब नेपाल आमालाई,शान्त बन शान्ति देऊ
सहमति गरी अगाडि बडौ,कलंकलाई मास्ने कसरी ?
नेपाल हाम्रो नेपाली हामी,कोही पनि छैनौ पराई यहाँ
एक अर्कोलाई दोष लगाउछौ,निर्दोष को हो जाँच्ने कसरी ?
रन्जना न्यौपाने
चरिकोट,दोलखा
साहित्यिक चौतारी
स्रष्टा र पाठक वर्गको साझा चौतारी
तपाईँका साहित्यिक लेख/रचनाहरू इमेल मार्फत पठाउन यहाँ क्लिक गर्नुहोस।
तपाईँ हामीलाई फेसबुकमा पनि पठाउन सक्नुहुन्छ।
पटक यो ब्लग हेरियो।
No comments:
Post a Comment