गजल: आफ्नो मन दुखाई हिँड्छौ कति दिन
स्रष्टा: डिल्ली प्रसाद खराल
आफ्नो मन आफैँभित्र दुखाई हिँड्छौ कति दिन।
आफ्नो कमीकमजोरीलाई लुकाई हिँड्छौ कति दिन॥
बगरको ढुङ्गा जस्तै मिल्काएर जिन्दगीलाई।
वेदनाका आँशुहरू सुकाई हिँड्छौ कति दिन॥
आश्वासनका झुटा चारा छर्नसम्म छरेर तिम्ले।
दुनियाँसामु आफ्नो शिर झुकाई हिँड्छौ कति दिन॥
मेरो साथ छोडेपछि यात्रा अन्तै मोडेपछि।
सम्बन्धको डोरीलाई फुकाई हिँड्छौ कति दिन॥
आदर्शका बोलीहरूलाई पैसासँग साटेर सधैँ।
आफ्नो ईज्जत प्रतिष्ठालाई चुकाई हिँड्छौ कति दिन॥
डिल्ली प्रसाद खराल 'घायल'
चितवन, नेपाल।
साहित्यिक चौतारी
स्रष्टा र पाठक वर्गको साझा चौतारी
तपाईँका साहित्यिक लेख/रचनाहरू इमेल मार्फत पठाउन यहाँ क्लिक गर्नुहोस।
तपाईँ हामीलाई फेसबुकमा पनि पठाउन सक्नुहुन्छ।
पटक यो ब्लग हेरियो।
No comments:
Post a Comment