गजल: कहाँसम्म पुगिएला यसैगरी खोच्याएर
स्रष्टा: मनु ब्राजाकि
कहाँसम्म पुगिएला यसैगरी खोच्याएर।
छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर॥
आवारा झैं भएपछी डुलुवा यो मन बोकी।
आकाशलाई ओढेको छु धर्तीलाई ओछ्याएर॥
फाँट बेंसी गाउँघरमा छँदा कती ठुलो थिएँ।
धेरैमाथी पुगें क्यारे आफुलाई होच्याएर॥
मन चोर्ने बोल्या छैन, धन चोर्ने चाँही आज।
साधु बनी बसेको छ कोकोहोलो मच्चाएर॥
ईश्वरसँग हिँड्यौ भने स्वर्ग पक्कै पुग्छौ होला।
घर पुग्नु परे हिँड मनुलाई पछ्याएर॥
साहित्यिक चौतारी
स्रष्टा र पाठक वर्गको साझा चौतारी
तपाईँका साहित्यिक लेख/रचनाहरू इमेल मार्फत पठाउन यहाँ क्लिक गर्नुहोस।
तपाईँ हामीलाई फेसबुकमा पनि पठाउन सक्नुहुन्छ।
पटक यो ब्लग हेरियो।
No comments:
Post a Comment