गजल: केवल तिम्री हुन

गजल: केवल तिम्री हुन
स्रष्टा: फुच्ची जमुना

मलाई मन छ प्यारा केवल तिम्री हुन।
छाडेर दुनिया सारा केवल तिम्री हुन॥

मनभित्र उर्लेकोछ मेची कोसी कर्णाली।
पुछेर आँखाको रारा केवल तिम्री हुन॥

बस् भनिदेउन सानु तिमी मेरी हौ भ'नि।
बस्छु भएर सहारा केवल तिम्री हुन॥

Advertisement

प्रेममा नियम हुँदैन् , हुँदैन् कानुन पनि।
पर्दैन धारा उपधारा केवल तिम्री हुन॥

तिमी अर्कै म अर्कैको भै बाच्नु भन्दा बरु।
हुन्छु आकाशको तारा केबल तिम्री हुन॥


Send us a mail.

Our News Partner

No comments: