उपन्यासको मुख्य पात्र भास्वत । उसलाई एक एक गरेर पढ्दै जादा खुब अनौठो भान भैरह्यो मलाई । साच्चै, दृष्टिबिहिन हरु पनि यती धेरै आत्मविस्वासी हुन्छन् है ? यदाकदा हिडडुल गर्दा बाटोघाटोमा मात्र होइन गाडिहरुमा पनि मैले ज्योती गुमाएका मान्छेहरु नदेखेक होइन । देख्थे । जब देख्थे तब एकोहोरो हेरिरहन मन लाग्थ्यो अनि सोच्थे कहाँ हिडेका होलान यिनिहरु ? कोही साथमा नलिइ कन एक्लई कसरी हिड्न सकेका होलान ? कसरी पहिल्याएका होलान् गोरेटोहरु ? कसरी ठहर्याउदा हुन् आफ्नै घरसम्म पुग्ने गोरेटो या कोही आउदो हो लिन र छोड्न ? आदी आदी । तिहार बिदा सकेर रत्नपार्कको गल्ली हुँदै बागबजार आउँदइ थिय । मेरो अघी अघी सेतो लठ्ठी समातेका एक जना मान्छे मेरो अगाडी परे या भनौ म भन्दा दुइ पाइला अगाडी हिड्दै गरेको देखे । चाहेको भए उनलाई उछिनेर म अगाडी छिटो छिटो हिंड्न सक्थे तर चाहिन त्यसो गर्न र चुपचाप सुस्त सुस्त त्यही सेतो लठ्ठिवाला दाइको पछी पछी हिडे । मानौ म आँखा नदेख्ने छु र कसैले इसारा दिदै बाटो देखाइरहेछ मलाई र म त्यही इसारा अनुरुप पाइला चालिरहेछु । ह्वाइट केन घरी घरी बाटो बिराए झै यता र उता बत्ती न्थ्यो र पनि एकैछिनमा आफ्नो गन्तव्य स्थान पहिल्याउथ्यो । त्यही केन लाई भरपर्दो साथी मानेका ति दाई सुस्त सुस्त गतिमा पाइला चालिरहेका थिय। म पनि त्यही गतिमा हिड्दै थिए । रत्नपार्कको आकाशेपुल आयो । उहा उसरी नै एक, दुइ, तीन गर्दै सिडी उक्लदई हुनुहुन्थ्यो म पनि त्यसरि नै उक्लिए । म अचम्म परे । पुलका दाया र बाया बाटाहरु कसरी पहिल्याउनु भयो त्यो दाईले ? कसरी थाहा पाउनु भयो - यता मोडियो भने घण्टाघर पुगिन्छ यता मोडियो भने बागबजार पुगिन्छ भनेर । पहिलो पटक ह्वाइट केनलाई फलो गर्दै थिय मैले तसर्थ केन अनुसार नै पाइला चाल्दै गय । केन बागबजार जाने बाटोतिर मोडियो । म पनि जानु उतै थियो तसर्थ उतै मोडिए । आकाशे पुल कटेपछी केहि पसल अगाडी एउटा मेडिकल रहेछ । त्यो केन उतै सोझियो र बाहिरैबाट भन्यो "- डाक्टर साब सञ्चै हुनुहुन्छ ?" म अचम्म मात्र परिन अक्क न बक्क नै परे । जब मैले यो दृष्य प्रत्यक्ष आफ्नै आँखाले देखे तब मात्र मलाई लाग्यो - मनिषा गौचनले लेखेको ह्वाइट केन केबल एउटा कथा मात्र होइन वास्तविकता नै हो रहेछ । त्यसपछी मैले पुरै उपन्यास सर्सर्ती सम्झने कोसिस गरे -भास्वतको जन्म, अरुकै लालन र पालनबाट हुर्काइ उसको तेजस्वी पढाइ, सुलभा सँगको प्रेम, एकै भेटमा अरुलाई आफु प्रती आकर्षित गर्न सक्ने कला, आफु दृश्टिबिहिन भैकन पनि दृष्टी भएकाहरुलाई साहस र उत्साहको पाठ सिकाउन सक्ने उसको हिम्मत, अरुलाई बाच्न र केहि गर्नको लागी जागरुक गर्ने उसको आत्मविस्वास, सुलभा सँगको प्रेममा विछोड अनि अन्त्यमा भास्वतलाई भेट्न आउँदइ गर्दा बिच बाटो मै सुलभाको मृत्यु । सुरु देखी अन्त्यसम्म नै उपन्यासले तानिरह्यो मलाई तर अप्रत्यासित रुपमा भएको सुलभाको मृत्युमा मन रमाएन मेरो । उसो त एउटा असल पात्रको मृत्युमा कुन पाठकको मन नै खुशी होला र तर पनि केबल उपन्यास टुङ्ग्याउन कै निम्ती हतार हतार गरी सुलभाको मृत्यु भए जस्तो लाग्यो मलाई तर उपन्यासको अन्तिमतिर दियासँगको सम्बन्धबाट थाहै नभै जन्मिएकी छोरी 'भाषा' सँग भास्वतको जम्काभेटले अझ असम न्जसमा पार्यो मलाई । खै ! के गर्ने गर्ने सोच्नै नसकिने अवस्थामा लेखिकाले कती सजिलै बाटो
देखादिइन र टुङ्ग्याइदिइन पनि । जे होस् - उपन्यास को स्तर नापेर नापी नसक्नु छ । म सँग सफल र असफल भनेर नाप्ने तुलो त छैन् तर पनि लाग्यो - यसरि पाठकलाई आकर्षित गर्न सक्ने कृती अवश्य पनि सफल कृती हो अनि मनिषा गौचन - सफल लेखेक । मैले आजसम्म थाहा नपाएको र नजानेको एउटा दृष्टिबिहिनहरुको कथा जसरि बुझ्ने, जान्न सिक्ने अवसर पाए त्यसरि नै मैले जस्तै गरी अरु कैयौ मनहरुले पनि अवश्यै उनिहरुलाई बुझ्न सक्नु भयो होला भन्ने अपेक्षा गरे मैले । यसरि दृष्टिबिहिन हरुलाई चिन्न सक्ने अवसर प्रदान गर्नुभएकोमा दिदी मनिषा गौचनलाई हृदयदेखी नै आभार प्रकट गर्न चाहन्छु । २१औ शताब्दिमा आइसक्दा पनि मानिशहरुको सोच उस्तै संकिर्ण छ । साघुरा छन् विचारहरु अनि उस्तै हेपाहा छन् प्रवृत्तीहरु पनि । आफु सपाङ्ग भएकोमा गर्व गर्ने र अपाङ्ग भएकाहरुलाई होच्याउने मनोप्रवृत्ती अझै पनि व्याप्त नै छ हाम्रो समाजमा । शारिरिक रुपमा अशक्त, हात खुट्टा गुमाएका, आखाको ज्योती गुमाएका आदी आदी कुनै न कुनै रुपले शारिरिक रुपमा सबल नभएकाहरुलाई केहि गर्नको लागी उत्साहित गर्नु त कहाँ हो कहाँ उल्टै गर्न आटेका कामहरुबाट पनि हतोत्साहित गर्ने बानी अझै पनि विद्दमान नै छ । जसले अपाङ्गताको निन्दा गर्छ, उनिहरुलाई हेप्छ र बारम्बार हतोत्साहित गरिरहन्छ उनिहरुको लागी ह्वाइट केन एउटा राम्रो औषधी हो । उनिहरुले पढ्न अत्यन्तै जरुरी सम्झन्छु म । जसरि झमक घिमिरेको जिवनी कैयौ कैयौ सपाङ्ग र अपाङ्गहरुको लागी प्रेरणादायी मानिएको थियो त्यसरि न भास्वतको जिवन कहाँनी पनि ससक्त र असक्त सबै खाले मानिसहरुको जिवन उपायोगी छ भन्ने मलाई लागिरहेछ । अन्त्यमा, बिल्कुलै फरक स्वाद चखाउनु भएकी मनिषा दिदिलाई आगामी दिनहरुमा पनि यसरि नै फरक फरक स्वाद चखाइरहनु हुन अनुरोध गर्दै लेखन क्षेत्रको पुर्ण सफलतको कामना व्यक्त गर्छु । |
समिक्षा: ह्वाइट केन र मेरा नाङ्गा आँखाहरू
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment