गजल: घुम्दै आउछ भोलि हेर

गजल: घुम्दै आउछ भोलि

नसोच है केही घुम्दै आउँछ भोली हेर।
भन्ने कुरा जे-जे छन सामुन्ने खोली हेर॥

आसाका फुलहरु लिइ बसिरहेको छु।
फर्काउने छैनौ रित्तो पारी झोली हेर॥

हराइसके तिम्रै छेउछाउ आज काल।
सधै आतुर छु सुन्न तिम्रो बोली हेर॥

यस्तो थिएन पहिले आफै दिग्भ्रमित छु।
कसरी लाग्यो मलाइ नजर को गोली हेर॥

अनायासै किन एकतर्फी हराउदैछु खै।
देख्दछु सपना तिमी चढेको डोली हेर॥

स्रष्टा: याम 'नौलो दिप' मगर

No comments: