कथा: विशाल सर
कथाकार: बैकुण्ठ रायमाझी
हर रात सपनीमा ऐठन हुन्छ
गाउँमा कतै पहिरो गयो कि ...
(यस गीत को सुरुवात संगै कथा सुरु हुन्छ )
आइत बार को दिन थियो। मेरो आज छुटी भएकोले अल्छि गर्दै अबेला उठेर बाथरूम मा नुहाएर बाहिर निस्किदै थिएँ। यत्तिकै मा याहु म्यासेन्जरमा घन्टी बज्यो, कसको कल रहेछ भन्दै कल रिसिव गरे कल मेरो भिनाजुको रहेछ।
"भिनाजु प्रणाम, सन्चै हुनुहुन्छ?" मैले भनेँ।
मेरो कुरा सकिन नपाउदै भिनाजुले भन्नु भयो, "विशाल सर त बित्नु भएछ नि थाहा पायौ?"
"नाईँ। मैले त बल्ल थाहा पाउदै छु। अनि कहिले कसरी?!"
यस्तै यस्तै प्रश्नहरू भाव विभोर हुदै उहा लाई तेर्साएँ। शरीरका अङ्ग प्रत्यङ्गहरुले काम गर्न छोडे झैँ शरीर सिथिल भएर आयो। एकोहोरो टोलाउन पुगेछु। भिनाजु संग कुरा गर्दै गरेको फोन पनि कतिबेला काटिएछ पत्तो भएन।
म सात समुन्द्र पारी भए पनि मेरो मन मस्तिष्क जन्मस्थल गाउँमा पुग्यो। कति सुन्दर छ है! मेरो गाउँ कति प्यारो लाग्छ मलाई। दाउरा-घाँस, मेला-पात गर्दा हिड्ने बाटो, गोरेटोहरु मा आफ्नोपनको सुगन्ध आउछ, जुन यूरोपको पिच रोडमा कहाँ पाउनु! सायद त्यहाँको ढुङ्गा-माटोहरुमा मेरो पसिना र रगत मिसिएको भएर पो हो कि! सायद त्यहाँका आफन्तहरुको गंगाजल जस्तो निश्चल र निस्वार्थ पवित्र मायाले पो हो कि सानो अनि विकट गाउँ भए पनि त्यो गाउँले जन्माएका मान्छेहरु यूरोप, अमेरिका, अस्ट्रेलिया देखि संसारका कुना-कुना मा पुगेका छन्। फरक यत्ति हो कि जहाँ पुगे पनि कसैले 'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी' भनेर पूजा गर्छन भने कसैले 'हजुरको घर कहाँ हो?' भनेर सोधे भने पनि आफ्नो गाउँको नाम लिन हिच्किचाउछन।
हो गाउँमा जन्मेका थिए विशाल सर। उनि गाउँको विद्यालयमा प्रधान अध्यापक थिए। अध्यापनको साथ-साथ समाजसेवामा पनि उनको ठुलो भूमिका थियो। गाउँमा कसैको झगडा पर्यो भने पनि मिलापत्रको लागि विशाल सर चाहिन्थ्यो, बिवाह गर्नु पर्दा पनि विशाल सर, कोहि पोइला गए पनि जारी मिलाउन विशाल सर, पूजा, भोज भतेर भए पनि विशाल सर, गाउँमा चिठ्ठी लेख्नु परे पनि विशाल सर।
उनी गाउँलेहरूको भरोसा थिए, आशाको केन्द्र थिए। उनि कहिल्यै कसैको वचन हार्दैनथे, सबै संग मिठो मिजासले बोल्ने उनि कसै संग झगडा गरेको कहिल्यै सुनिएन।
गाउँमा उहाँलाई भन्ने गर्थे , "विशाल सर हजुरको त कस्तो मिलेको जिउडाल! मलाया को लाहुरे हुने जस्तो।
अनि उहाँ भन्ने गर्नु हुन्थ्यो, "जुन खुसि गाउँको सेवामा मिल्छ त्यो खुसि सात समुन्द्र पारी परदेशमा कहाँ पाउनु।"
कुनै कुरामा कमि थिएनन उनि। खेलकुद देखि लिएर साहित्य, गीत-संगीत नृत्य आदि कुरामा निपुण थिए। गाउँमा हुने सबै किसिमका कार्यक्रमहरुमा उहाँको उपस्थिति हुने गर्दथ्यो। विशाल सर बिनाको जुनसुकै कार्यक्रम नुन बिनाको तरकारी जस्तै खल्लो लाग्थ्यो।
बाल-बालिका, वृद्ध-वृद्धा, युवा-युवती सबैका प्रिय थिए उनी।
यस अर्थ मा भन्नु पर्दा उनि कुनै सिनेमाको नायक नभई वास्तविक जीवनकै नायक भन्दा फरक नपर्ला।
खै के लिएर आएका थिए यो धर्ति मा आउदा उनले जीवन को हरेक पल खुसि रहन्थे उनी। दुःख, पिडा भएको मान्छे पनि उहाको सामु आए पछि चिन्ता मुक्त भएको महसुस गर्थ्यो। यस्तो प्रकारको मान्छे प्रायः कथा, उपन्यासमा पढ्न पाइन्छ। भगवानले कुनै कथा वा उपन्यासको एक आदर्श पात्रलाई टपक्क टिपेर यो धर्ति मा जन्म दिए जस्तो लाग्थ्यो।
उहाँको खुसि मा भगवान लाई पनि इर्ष्या लागेछ क्यारे! त्यसैले त होला लाऊ-लाऊ, खाऊ-खाऊ भन्ने बेलामा साना-साना नानीहरुलाई उनीहरूको ममतामयी आमा अनि विशाल सर बाट उहाँको जीवन संगिनी लाई दैवले खोस्यो।
बाध्यता र विवशता साना साना नानी
हरुको सामने रुना पनि नमिल्ने आँखा बाट निस्किन लागेका आँसु लाई भित्र भित्रै पिउन विवश थिए।
भित्तेघडी को फट फट आवाज संगै समय आफ्नै गतिमा बग्दै गयो। समय क्रम संगै ति घाउ हरु पनि सुक्दै गयो। यहि अन्तरालमा पँधेरामा पँधेरनी हरुले गाँइगुइँ कुरा गर्न थाले।
एउटीले भनी, " विशाल सर र पुनिमा त यस्तै...."
अर्कीले भनी, "विशाल सर पनि कस्तो मान्छे ! उहाँले आफ्नै जातको केटी नि पाउनु हुन्थ्यो। किन निच जात को केटी संग ...! छि!"
यो कुरा भुसमा लागेको आगो झैँ गाउ टोल जताततै फैलियो। अब अन्धविश्वासी गाउलेहरुले विशाल सर लाई हेर्ने नजर अर्कै हुन थाल्यो। बोल्ने बोलि पनि अर्कै हुन थाल्यो।
आफन्तहरुले पनि साथ छोडे दाजु भाईहरुले पनि कुलाङ्गारको संज्ञा दिएर कुलबाट निकालिदिए। कारण थियो सानो जात को केटी संगको सम्बन्ध। एक्काइसौ सताव्दीमा आफुलाई शिक्षित सम्झने मानिसहरु पनि यो जात भात को कुरामा संकीर्ण सोच राख्ने गरेको देख्दा दुःख लाग्छ। यो अति नै लाजमर्दो कुरा हो। यो कस्तो अचम्मको कुरा कि कुकुरले छोएको मान्छेले खादा केहि फरक नपर्ने तर मान्छेले छोएको मान्छेले खान नहुने रे। मान्छे-मान्छे बिचको विभेद कहिले अन्त्य हुने होला? एउटा भनाई छ नि, 'छन गेडी सबै तेरी छैन गेडी सबै टेडी।' सुख पर्दा गोरु बेच्या साइनो जोड्दछन दुःख पर्दा देवी देउताले मन्दिर छोड्छन भन्ने भनाइ वास्तविकता लुकेको छ।
यस्तै-यस्तै बज्रपात पर्न थाले उहाँको जीवनमा। जसले गर्दा आत्मविश्वासमा कमी आउदै गयो। उत्साह मर्दै गयो। उनी सधैँ तनाव मुद्रामा देखिन्थे। पहिले र अहिलेको उनको व्यवहारमा आकाश र जमिनको भिन्नता देखिन्थ्यो।
अब त उनी मदिरा बिना रहनै नसक्ने भएका थिए। तनावबाट मुक्ति पाउने बहानामा उनी मदिराको सहारा लिए तर पछि मदिराले उनको सहारा लिन थालेछ। किन कुर्नु साझा आखिर पिउनै परे पछि' भने झैँ साँझ, बिहान, दिन-रात कुनै सिमा थिएन। होस् पनि कसरी? जीवनका सुनौला सपना हरु सिशा जस्तै चक्नाचुर भए पछि। सायद
जीवनको त्यो मोडमा हौसला दिने आत्म बल
बढाईदिने असल निस्वार्थी साथीको साथ पाएको भए उनको जीवनले नया मोड लिने थियो कि ?
खै के थियो उनको लागि त्यो गाउँमा जति दुःख, पिडा छटपटाहट भए पनिं उनि त्यो गाउ छोडेर अन्यत्र जान चाहेनन्। समय र परिस्थितिले साथ दिएन भने एउटा आमाले आफुले जन्माएकको बच्चा त छोडेर गएकी हुन्छिन तर उनि चाहीँ...
यदि उनि चाहेको भए त्यो समाज भन्दा धेरै टाढा नौलो ठाउँमा गएर नया संसार बसाउन सक्थे। खै किन हो उनले यसो गरेनन खै के थियो? उनको मन मा यो कुरा कहिल्यै बुझ्न सकिएन र कसैले बुझ्ने कोसिस गरेकी गरेनन त्यो पनि थाहा भएन।
मन भरि पिडा भए पनि यो स्वार्थी दुनियाको सामु कृत्रिम मुस्कान देखाउन विवश थिए उनि।
मलाई आज पनि उनले गाएको एउटा गीत याद छ:
मन भरि पिरको भारि पाइन मैले फुल्मै रानी बिसाउने चौतारी डाँडैमा बसेर पिरै पिरले फुल्मै रानी मरुकी झैँ लाग्छ तालैमा खसेर यो गीतले वास्तविकता बोलेको थियो।
समय आफ्नै गतिमा बग्दै थियो। आज मौसम पनि कस्तो-कस्तो आकाशमा कालो बादल मडारिदै छ। कता कता आकाश रुन लागे जस्तो देखिन्छ। उनि दिन भरि पढाएर घर फर्किन लागेका छन। आफ्नै अफिसका भित्ताहरुले केहि भन्न खोजे जस्तो लाग्दैछ।
आज उनलाई अरु दिन भन्दा अर्कै महसुस भएको छ। अल्ली सन्चो पनि छैन। उनलाई बेलुका बिमारले च्याप्यो। उनलाई बिमार लागेको केहि समय मै उनको प्राण पखेरुले उनको सरिर बाट बिदा लियो। यो अपहेलित समाजबाट उनि धेरै टाढा गए कहिल्यै नफर्किने गरी।
चौपारीको वरै ढलेछ...
भन्छन नि राम्रो मान्छेको खोजि जहाँ पनि हुन्छ। सायद भगवान लाई राम्रो मान्छेको खाँचो थियो होला।
त्यसैले होला विशाल सर लाई यो धर्ति बाट टपक्क टिपेर लगे।
आखिर जीवन केनै रहेछ र ?
खाली हात आउने हो खाली हात जाने हो। यो धर्तीमा दुई दिन बाँचुन्जेल सबै संग मिठो वचन बोल्ने हो। यो संसार बाट जादा त्यहि आफुलाई माया गर्ने मान्छे को माया त हो लगेर जान पाइने भन्छन। जीवन कुखुराको अन्डा जस्तै हो कति बेला कहाँ फुट्ने हो? केहि थाहा हुदैन। हामी पनि भर्खर सम्म बोल्दै छौँ कति बेला कहाँ के हुने हो केहि थाहा छैन।
Facebook: Baikunth Rayamajhi |
No comments:
Post a Comment