गजल: पिडामा देश

गजल: पिडामा देश

स्रष्टा: एकल यात्री पुर्णिमा थापा


आज भन्दा भोली, झन मेरो देश डुब्दै छ।
अनि भित्र भित्रै,भास्सिएर त्यसै लुक्दै छ॥

कति दिन बस्ने , हुरि बतास संग लडेर।
शान्ति छैन अझै, देशमा भुकम्प घुम्दै छ॥

कठै कस्तो भयो,होला यो मेरो देश आज।
यहाँ नेपालीको,आँशुले मातृभूमी रुझ्दै छ॥

नेपाल आमाको, सम्झनामा कल्पिदै हामी।
हाम्रो ईतिहास, झल्काउन सपना बुन्दै छ॥

बिचरा रुदै छन् , सबै भाव विह्वल भएर।
पिडाले निद छैन , भोक प्यास भुल्दै छ॥


नानु मगर
किचनास-८, स्याङजा
हाल: कुवेत


Wanted!

हार्दिक समवेदना
गत बैशाख १२ गते गएको विनाशकारी महाभुकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपाली दाजु-भाई, दिदी-बहिनीहरूको मृत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौँ। र सोही प्राकृतिक प्रकोपका कारण घाइते हुनुभएका, आफन्त गुमाउनुहुने र घरबार विहिन भएकाहरू प्रति हार्दिक समवेदना प्रकट गर्दछौँ।
शब्दाङ्कुर साहित्य सञ्जाल
sahityikchautari@gmail.com
प्रधान सम्पादक:
सालिक राम 'जिउँदो सालिक'
Click here to find Salik Ram on Facebook.
Place your advertisement here.

Find us on Facebook

No comments: