गजल: भुकम्प पिडितको ब्यथा

गजल: भुकम्प पिडितको ब्यथा
गजलकार: पेमा सिंह तामाङ

आफ्नै घरले धिचेर मार्छ भन्ने के थाहा उसलाई।
धर्तीलेनै यसरी प'छार्छ भन्ने के थाहा उसलाई॥

कति रमौंला,हासौंला भन्ने सपना थ्यो विचराको।
नियतीले यो हालत पार्छ भन्ने के थाहा उसलाई॥

अचानक के भो के, उसले सम्झ्यो आकास झर्यो।
भगवानलेनै धर्ती यो फार्छ भन्ने के थाहा उसलाई॥

कता गए बाबा
आमा, कता गए ती दाजू बहिनी?
धर्तीबाट अन्तकतै झार्छ भन्ने के थाहा उसलाई॥

हार्दिक समवेदना
गत बैशाख १२ गते गएको विनाशकारी महाभुकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपाली दाजु-भाई, दिदी-बहिनीहरूको मृत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौँ। र सोही प्राकृतिक प्रकोपका कारण घाइते हुनुभएका, आफन्त गुमाउनुहुने र घरबार विहिन भएकाहरू प्रति हार्दिक समवेदना प्रकट गर्दछौँ।
शब्दाङ्कुर साहित्य सञ्जाल
sahityikchautari@gmail.com
प्रधान सम्पादक:
सालिक राम 'जिउँदो सालिक'
Click here to find Salik Ram on Facebook.
Thank you for visiting this blog.

1 comment:

Anonymous said...

Nice creation