Twitter: गरिमा |
केहि बर्षपछि
यो पिजड़ाबाट
सरुवा गरिनेछ मलाई
म जान्दिन त्यों अझ ठुलो हुन्छ
या एतिकै सानो !
तर पक्कै मेरो स्वतंत्रता
भेट्टाउने छैन मैले त्यँहा पनि !
निभाउनु पर्ने छ मैले
अनेकौ सम्बन्धहरु
कसैकी पत्नी
कसैकी बुहारी
कसैकी भाउजु
अं कसैकि आमा पनि
तर अंह 'म' आफ्नो बन्न पाउने छैन
आफ्नो लागि केहि गर्न पाउने छैन !
समाजले घेरेर राखेको पर्खाल
आंट र साहस बोकेर नाघ्न खोजुला म
तर पटक पटक
हरेक पटक
मेरो बिफलतामा गिज्याउने छ
त्यों पिजडाको मालिक
अझ भनु त्यँहाको संरक्षक,
"मेरो समाजले"मलाई !
म हाँस्दा उत्ताउलि हुन्छु अरे
म नाच्दा अराजक बन्छु अरे
म खुलेर बोल्दा चरित्रहिन् अरे
थाहा छ किन ?
किनकी म छोरी भएर जन्मिएँ अरे !
______________
गरिमा लुईँटेल
काठमाडौँ, नेपाल।
No comments:
Post a Comment