गजल -कमल घिमिरे

जिन्दगीको किताव उही, गाता फेरिएछ।
सहोदर आफन्तको, नाता फेरिएछ !!

जति कमाई हुन्थ्यो मनको, हुन्थ्यो एकै ठाउँमा।
आज भने उनको मात्रै, खाता फेरिएछ !!

शीत उघाई मनको घैला, भरौं भनेकै हो।
लुकाएर हात थाप्यौ,दान दाता फेरिएछ !!

यही मनको बलेनीमा, भिज्यौं रमाएर।
आज भने ओत दिने, छाता फेरिएछ !!

जिन्दगीको सन्धी सर्पन, आफ्नै मात्र ठानी।
हस्ताक्षर गरेको त्यो , पाता फेरिएछ !!

स्रस्टा : कमल घिमिरे'बहकिने मन'
ठेगाना : बाणगँगा-१,  कपिलवस्तु , नेपाल।
स्थायी ठेगाना :- अर्घाखाँची मैदान ९,बर्थान
हाल:  बिरानो मुलुक दोहा, कतार।

********
प्रकाशक:
ाहित्यिक चौतारी ( साहित्यक अनलाइन पत्रिका)
हाम्रो फेसबुक पेज हो:
साहित्यिक चौतारी

No comments: