सालिक रामको आत्मालाप र गजल: अधुरा सपनाहरू

आत्मालाप: अधुरा सपनाहरू

-सालिक राम

          सानो छँदा साहित्यिक कृतिहरू पढ्न, चित्रहरू कोर्न, भाषाको अध्ययन गर्न,
नया ठाउँ घुम्न खुब मन पर्थ्यो। चित्रकला,
विज्ञान, साहित्य, सूचना प्रविधि
आदि मेरा रुचिका विषयहरू थिए।
नया पुस्तक पाउने बित्तिकै हेरिहाल्थेँ र
आफ्नो रुचिको विषय रहेछ भने त्यसको गहन
अध्ययन पनि गर्थेँ।
कुनै पुस्तक , पोस्टर आदिमा भएका चित्रहरू
सिसाकलमको माध्यमबाट अभ्यास
पुस्तिकामा जस्ताको तस्तै उतार्न घन्टौ लागिरहन्थेँ।
मैले बनाएका चित्रहरू अरूलाई देखाउदा राम्रो छ भन्ने
प्रतिक्रिया पाउँदा साह्रै खुसी लाग्थ्यो ।
रेडियो सुन्न पनि साह्रै मन पर्थ्यो।
घरमा एउटा PHILIPS ब्रान्डको रेडियो थियो ।
आजकल जस्तो एफ एम रेडियो को चलन थिएन।
यतातिर एफ एम स्टेसन हरु पनि खुलेका थिएनन।
त्यहि रेडियोमा रेडियो नेपाल,
बी बी सी नेपाली सुनिन्थ्यो। मेरा मन पर्ने
कार्यक्रमहरू बाल कार्यक्रम, भन्ज्याङ्ग चौतारी,
मधुवन आदि थिए। म नियमित ति कार्यक्रमहरू
सुन्ने गर्थेँ। MW र SW ब्यान्डमा FM
मा जस्तो प्रष्ट र सफा नसुनिने भए
पनि रेडियो घुमाइ घुमाई कन सुनिन्थ्यो।
म अलिक जिज्ञासु स्वभावको भएको हुनाले
केहि नया वस्तु देख्ने र सुन्ने बित्तिकै
त्यसको बारेमा थप जानकारी लिने  कौतुहलता जागृत
भइहाल्थ्यो। सायद किशोरावस्थामा सबैलाई
यस्तो हुन्छ।
म पनि अरू जस्तै मान्छे हुँ र मान्छेले गरेका सबै काम
प्रयास गर्यो भने मैले पनि गर्न सक्छु भन्ने दृढ
आत्मविश्वास म मा थियो।
आफ्नो रुचिको विषयमा दक्षता हासिल
गरि त्यसैलाई करिअर बनाउने
त्यसबेला को सपना थियो तर सबैको जीवन सोचे
जस्तो कहाँ हुँदोरहेछ र! एक समयमा गएर जीवनले
अनपेक्षित तथा नचिताएको बाटो लियो र
ति सम्पूर्ण सपनाहरू भताभुङ्ग भए।
अझै पनि म मा कला र साहित्य
प्रतिको रुचि घटेको छैन। म कहिलेकाहीँ गजल कोर्ने
प्रयास गर्छु। कुनै रचनाहरू त फेसबुकमा बाँड्ने
पनि गरेको छु तर अध्ययनको कमीले
होला ति सिर्जनाहरू त्यति स्तरीय छैनन भन्ने म
आफैलाई लागेको छ। अध्ययन लाई निरन्तरता दिन
सकेको भए बौद्धिकता अथवा ज्ञानको भन्डार
बढाउदै लैजान सकिन्थ्यो होला जसबाट कला र
साहित्य क्षेत्रमा केहि गर्न सकिन्थ्यो कि!
फेसबुकमा साथीहरू का गजलहरू पढ्दा-पढ्दै मलाई
पनि कोर्न मन लाग्यो र पहिलो पल्ट आफ्नै भोगाई,
अनुभव, पिडा, विचार आदि समेटेर एउटा गजल
(गजलको स्वरुप दिन खोजेको हुँ तर गजल नै बन्न
सक्यो वा सकेन मलाई नै थाहा छैन) लेख्ने प्रयास
गरेँ। जुन यस्तो छ:

बाँच्ने आधार अकस्मात भत्के पछि रोएँ।
विवशतामा स्वाभिमान झुके पछि रोएँ॥

यो निर्दयी समय प्रतिकुल भइ दिँदा।
केही गर्ने आत्मविश्वास गुमे पछि रोएँ॥

आफ्नो काया आफैलाई निकम्मा भएपछि।
जिउनु भन्दा मर्नु बेस ठाने पछि रोएँ॥

बलेको आगो ताप्ने यो स्वार्थी संसार बुझ्दा।
आफ्नै मान्छे पनि पराई बने पछि रोएँ॥

आफ्नो सरिर आफैलाई बोझ भइदिदा।
अझै यो संसार छोड्न नसके पछि रोएँ॥
                      -२०७० कार्तिक २०

************
-सालिक राम खत्री
बडागाउँ, गुल्मी, नेपाल।
Facebook: Salik Ram
E-mails: salikram2046@gmail.com and jiundosalik@outlook.com

______________
यो ब्लग पढिदिनुभएकोमा धन्यवाद !
THANKS FOR READING THIS BLOG!

No comments: