गीत -दिलिप तामाङ

गीत
______________
आधा उमेर घर खेतैमा, हजुर आधा पर्देसैमा
बिरानो लाग्छ आफनै गाउ घर देख्दा सपनीमा !

मखमली सयपर्त्री ढकमक फुल्थियो आगनीमा
हासो खुसी बाड्थिऔ हामी बाधी अंगालोमा

निलो आकास हरियो पाहाड छंग२ वग्ने खोला
मेरी आमा पिल-पिल रुदै पर्खि र की होला !

गुरास फुल्दा डाडा पाखा कोइली गाउथी गीत
मादल बजाई नाच्थिउ गाउथिउ साटी चोखो प्रित

देबि देउता बर पिपल छैन चाड पर्ब
स्वर्ग जस्तै मेरो देश नेपालकै लाग्छ गर्ब !

*******
गीतकार: दिलिप योन्जन तामाङ

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस्:
साहित्यिक चौतारी on Facebook

सम्पादक:
Salik Ram

No comments: