दुख बिच हाँस्न सिकेँ च्यातिएको जामा बाट।
त्यही जामा लगाइ जीवन धान्ने मेरि आमा बाट॥
लेखान्तमै लेखिएको हुँदो रैछ धनी गरिब।
प्रष्ट भयो एकै घरको जेठो कान्छो मामा बाट॥
जानेकोछु माथी चढ्दा खुट्टा तान्छ्न हजारौले।
धान संगै उमृएका बन्सो अनि सामा बाट ॥
निमुखाको परिचय खुल्छ हजुर आफै खुल्छ।
भत्किएको भित्ता संगै मक्किएको खामा बाट ॥
तिमी जिद्दी नगर है भुत प्रेत हुन्न भनी।
कति रोग निको भए झाँक्री बाट लामा बाट॥
अचम्म को पाठ दिन्छ संघर्ष मा हाँस्नु पर्ने।
प्रकृतिले बाँस बिच मौलाएको तामा बाट ॥
-भण्डारी दाइ "अचम्म"
मेलम्ची, हेलम्बु, सिन्धुपाल्चोक, नेपाल।
**********
PLEASE SHARE THIS BLOG.
LIKE US ON FACEBOOK
साहित्यिक चौतारी
No comments:
Post a Comment