गजल
साउनीलाई एसपाली जाड खाएरै फकाइन्छ।
भन्दै मेरी काली जाड खाएरै फकाइन्छ॥
फुर्क्याउदै मायाँले ठिक्क मख्ख पार्दा पनि।
न मानेमा गर्दै गाली जाडखाएरै फकाइन्छ॥
यसो उसो जसो गर्दा उपाए नलागे पछी ।
बन्दै स्वार्थी जाली जाड खाएरै फकाइन्छ॥
अनेकौ सपना देखाई आखीर मन जितेर।
बन्दै ओठको लाली जाड खाएर फकाइन्छ॥
आधा उमेर गइसक्यो त्यो आदी उमेरको।
बन्छु भन्दै माली जाड खाएरै फकाइन्छ॥
_______
गजलकार: नारायण मगर
प्रकाशक:
साहित्य सुधा साधना समूह
साहित्यिक चौतारी ( साहित्यिक अनलाइन पत्रिका)
E-mail: gazalsangraha@gmail.com
Facebook: साहित्यिक चौतारी
Please share this blog.
THANKS FOR VISITING AND READING THIS POST.
****************
Editor:
Salik Ram
©author
No comments:
Post a Comment