बोतल उही छ बेमान सराब छ साथी।
रात पुरानै हो नयाँ तनाव छ साथी।।
मदहोस बनी छ्ल्कन्छ खुसी प्यालामा।
मात उस्तै नै खराब शोभाब छ साथी।।
अतीत सम्झे बेहाल वर्तमान भद्रगोल छ।
भविष्य लेख्दै गरेको किताब छ साथी।।
मिठो लाग्छ पीडा काडालाइ बुज्न सके।
हावाको भरमा झर्ने गुलाब छ साथी।।
पीए पछि किन रुन्छौ नसोध्नु है मलाइ।
चोट पखाल्ने आशुको बहाब छ साथी॥
______________
गजलकार: शेर्पिनी कान्छी 'निम'
नेपाल।
हाल: इजरायल।
Facebook: शेर्पिनी कान्छी
*************
नोट: यस ब्लगमा राखिएका रचनाहरू सम्बन्धित श्रष्टाहरूको अनुमतिले राखिएको हो। सम्बन्धित सर्जकको नाम, ठेगाना नखुलाई पुनः प्रकाशन र प्रसारण गर्नु अपराध हो। बौद्धिक सम्पत्तिको चोरी नगरौँ। अन्यथा प्रतिलिपि अधिकार ऐन अनुसार कारवाही हुनेछ।
****************
Thanks for visiting this blog.
PLEASE SHARE THIS.
-----------------
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस:
साहित्यिक चौतारी
No comments:
Post a Comment