गीत
********
माया भन्दै धडकीने दिल दुखीरहने ठाउ भयो
तिम्लाइ माया गर्नाले नै मुटु भित्र घाउ भयो।।
क्षितिज पारि टोलाईरहेँ रात हुदै गयो
चोखो माया फूल्ने बागमा घात हुदै गयो
बादलको घुम्टो भीत्र पृयसीको गाऊँ भयो
तिम्लाइ माया गर्नाले नै मुटु भित्र घाउ भयो।।
मनको दियो निभाइ दिने चैत मासको हुरि
नयनबाट बर्षि रह्यो साउनको झरि
भरोसामै मुटु दिए बैगुनिलाई दाऊ भयो
तिम्लाइ माया गर्नाले नै मुटु भित्र घाउ भयो।।
________________
-शेर्पीनी कान्छी 'निम शेर्पा'
Facebook: शेर्पिनी कान्छी
Thanks for visiting this blog.
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस्:
साहित्यिक चौतारी

No comments:
Post a Comment