बाया पट्टि सधै मुटु दुख्छ किन साथी
घरि घरि श्वास पनि रुक्छ किन साथी
सबैको यस्तै हो कि मेरो मात्र हो
जहिले पनि भाग्य आफनै चुक्छ किन साथी
आंखा रसाउनै हुन्न झरिदिन्छ आंशु
आंशु अमर तर सागर सुक्छ किन साथी
घर, आफन्त, प्रियजन, साथी संगी सम्म
नराम्रो खबर यति चाडो पुग्छ किन साथी
लाग्छ म भन्दा अगाडि धेरै मान्छे छन्
नसोध्नु सबै सामु पवन झुक्छ किन साथी
_______________________
पवन महरा, डोटी
हाल: रेडियो सौगात ,बैतडि
No comments:
Post a Comment