गजल 'जिउँदो सालिक' -कामना उदास क्षत्री

पलपल मर्दै बाँचिरहेछ जिउँदो सालिक आज।
घर्सदै सर्दै बाँचिरहेछ जिउँदो सालिक आज॥

बल्ल खा भन्दै नियतिले ठगेपछि।
ऐयाऐया गर्दै बाँचिरहेछ जिउँदो सालिक आज॥

सक्छस भगवान मृत्यु दे किन हेर्छस् लुक्दै।
चित्कार छर्दै बाँचिरहेछ जिउँदो सालिक आज॥

कति छन् रहरहरु जिन्दगीको क्यान्भासमा।
सपना भर्दै बाँचिरहेछ जिउँदो सालिक आज॥

निर्दयी यो दुनियामा सङ्घर्षको नाम लिदै।
व्यथा हर्दै बाँचिरहेछ जिउँदो सालिक आज॥

पल पल मर्दै बाँचिरहेछ जिउँदो सालिक आज।
घर्सदै सर्दै बाँचिरहेछ जिउँदो सालिक आज॥
__________________________
"यो गजल मित्र सालिक रामको आग्रहमा लेखेकी हुँ र उहाँ प्रति समर्पण गर्दछु।"
********************
गजलकार:
कामना उदास क्षत्री
गुल्मी
हाल: काठमाडौ

No comments: