भन्न सजिलो छ गर्न गाह्रो छ छोरा/
बा भन्नु हुन्थ्यो मर्न गाह्रो छ छोरा/
त हिम्मतै नगर बालुवाको घर बनाउने/
यो महासागर हो भर्न गाह्रो छ छोरा /
भन्न त मैले पनि भनिदिए त छैन म छैन/
तर मृत्युजालमा पर्न गाह्रो छ छोरा/
जति आखाँ तरेपनि आकासको त्यो फल/
किमार्थ भुईमा झर्न गाह्रो छ छोरा/
मनभित्र कसैको बसि सकेपछी/
अन्त बसाई सर्न गाह्रो छ छोरा /
*************
हेम सरोवर साउँद
डोटी
हाल: भारत
No comments:
Post a Comment