तिम्रो याद

तिम्रो याद आउँदा कति रोए कति
भेट हुन नपाउदा कति रोए कति

बल गरेरै हास्न सिकेको छु प्रिया
भित्री मन दुखाउदा कति रोए कति

मैले जिन्दगीलाई बुझ्नै नसकेर होला
गजल बनाई गाउदा कति रोए कति

अब म बाच्नै सक्दै सक्दिन काली
मृत्युले बोलाउदा कति रोए कति

अब म तिम्रो हुन सक्दिन सरोवर
यस्तो खबर सुनाउदा कति रोए कति
______________________
हेम सरोवर
डोटी, नेपाल
हाल: चेन्नई, भारत

No comments: