याद

नपठाउनु याद खबरमा अबदेखि।
म बस्ने छैन तिम्रो शहरमा अबदेखि।।

बनाउँनु भुल भयो फेरि बनाउँदिन।
बालुवाको महल बगरमा अबदेखि।।

थाहा पाएपछि पनि कसरी चुम्न सक्छु?
जो कोहिले चुम्ने ति अधरमा अबदेखि।।

चिन्दै गएपछि मान्छे गिर्दै जाँदो रहेछ।
तिमी पतित भयौ मेरा नजरमा अबदेखि।।

मैले बाटो मोडेँ तिमी सहयात्री रहेनौ।
मेरो यो जिन्दगीको सफरमा अबदेखि।।

रहस्य बिक्रम चिमरिया
बिर्तामोड झापा

No comments: