गजल -राज कंडेल 'निराश'

ओखती नै विष हुन्छ धेरै भएपछी ।
पिरती नै विष हुन्छ धेरै भएपछी ।

सहनेको सिमा नाग्दा आफैले गरेको ,
ज्यादती नै विष हुन्छ धेरै भएपछी ।

भरिएसि पोखिन्छ त्यो ध्रुवसत्य होनी ,
सम्पती नै विष हुन्छ धेरै भएपछी ।

दुई खुट्टा दुई डुङ्गा ज्यान जान सक्ने ,
श्रिमती नै विष हुन्छ धेरै भएपछी ।

अगी बढ्दा खुट्टा तान्ने
स्वार्थी संसारमा ,
प्रगती नै विष हुन्छ धेरै भएपछी ।
************
राज कंडेल "निराश"

No comments: