गजल -विरही थापा

नसकिने केही छैन सबै कुरा सकिन्छ..
बुँद 'बुँद'गरेर त्यो सँगालेमा भरिन्छ!!

नियतीले मान्छेलाई किन ठग्छ यसरी...??
जताततै पीडितका चित्कार नै सुनिन्छ!!

ईश्वर एउटै हुन नाम फरक भए पनि...
दिब्य चक्षु उघारेर हेर्यौँ भने देखिन्छ!!

लोभ लालच र ईर्श्या शत्रु हुन सबैका..
अँगालेर हिँडेपछि सँबन्ध अलगिन्छ!!

सँभव त सँभव हुन्न असँभव नै हुन्छ..
यही सोँचे कसरी मेरो भाग्य बदलिन्छ॥
*****************
विरही थापा, गुल्मी
हाल: मलेसिया

No comments: