आँखा खोली हाँस्यो बिहान पनि।
मिल्न सक्छ अब उखान पनि॥
आँखा बिग्रिए कि सिजन त्यस्तै हो।
हरियो देख्दैछु मैदान पनि॥
रोक्न सकिन्न बदल्न मिल्दैन।
बिधाता कस्तो हो? बिधान पनि॥
स्वर्ग या नर्क बनाउ आफैले।
सुन्दर बन्छ समसान पनि॥
मूर्दा यो सालिक भनेर नहेप।
भूत प्रेत बन्ला चिहान पनि॥
_______________
गजलकार:
डि. बी. थापा 'विरही', धुर्कोट, गुल्मी
हाल: मलेसिया
तपाई संग पनि भएमा पठाउनु होला।
हामी ब्लग र फेसबुक पेजमा पोष्ट गर्नेछौँ।
-रुद्रावती सोसल मिडिया ग्रुप
E-mail: gazalsangraha@gmail.com
No comments:
Post a Comment