घात
घात प्रतिघात आफ्नै बाट हुँदो रहेछ।
अनाहक बात आफ्नै बाट हुँदो रहेछ॥
सोचेकै थिइन मान्छे यति सम्म गिर्छ भन्ने।
छाती माथि लात आफ्नै बाट पर्दो रहेछ॥
आफ्नो जीत कसले चाहदैनरयहाँ।
तर बज्रपात आफ्नै बाट हुँदो रहेछ॥
मर्छु बरु भोकभोकै सरण पर्दिन आफ्नाको।
दिन पनि रात आफ्नै बाट हुदोरहेछ॥
केहि गरुँ केहि अघि बढुँ भन्दा पनि।
जिन्दगी बर्बाद आफ्नै बाट हुँदो रहेछ॥
******
नसा
नखाय सम्म हुन्छ चलमल चलमल
थोरै खाय पछि कलमल कलमल
यो के होला यस्तो चिज साथी
धेरै खाय पनि अलमल अलमल
एक्लै बसेपनि कोहि बोले जस्तो
सुनिन्छ साथि गलमल गलमल
पिईरहुलाग्छ तर प्यास मेटिन्न
लत बसेसि पलपल पलपल
कहिले काहिं पसिना बग्छ शरिरमा
खल्ति रित्तो हुदा खलखल खलखल
************
गजलकार:
पवन महरा, डोटी
हाल: रेडियो सौगात, बैतडी
E-mail: maharapawan8@gmail.com
(गजलकार रेडियो सौगात, बैतडीमा 'गजल सरोवर' कार्यक्रम सन्चालन गर्नु हुन्छ।)
_______________________
Edited and Posted by:
सालिक राम 'रेअन'
संयोजक
बुलबुल रेडियो श्रोता क्लब
बडागाउँ, गुल्मी
E-mail: jiundosalik@outlook.com
गजल संग्रह
No comments:
Post a Comment