मोती जयन्तीको अवसरमा भारतको कोलकातामा प्रवासी नेपालीको श्रद्धान्जली सभा

"दुइ आँखिभौँ त तयार
छन्, तरबार पो किन
चाहियो,
तिमी आफू मालिक भैगयौ, सरकार पो किन
चाहियो ।
पहरा कडा छ कटाक्षको, हरदम तयार मुहारमा,
घर भन्नु भारि महल न हो, दरबार पो किन
चाहियो ।।"
मोती जयन्तीका अवसरमा पश्चिम
बंगालाको कोलकातामा कविहरुले मोतीराम भट्टलाई
गाएर, सुनाएर र श्रद्धासुमन चढाएर सम्झिए ।
नेपाली महावाणिज्यदूत तथा कवि चन्द्र घिमिरेले
मोती जयन्ती मनाउन उपस्थित
नेपालीभाषीका माझमा मोतीरामका गजलहरु
गाएका थिए ।
आˆनो व्यस्त दैनिकीबाट फुर्सद निकालेर शनिबार
भेला भएका प्रबासी नेपाली तथा कोलकातास्थित
नेपालीभाषीलाई जुटाउने काम महाबाणिज्य दुतावासले
गरेको थियो । झण्डै असी किलोमिटर टाढाबाट
स्रोता/सहभागी बन्न
आएका नेपालीभाषीको कार्यक्रम संयोजन भारत-
नेपाल जनमैत्री संघ कोलकाताले गरेको थियो ।
संघका सभापती नारायण हुमागाईको अध्यक्षतामा र
महावाणिज्यदूत चन्द्र
घिमिरेको आतिथ्यमा आयोजित
भेलामा मोतिरामको गजल नायव महावाणिज्यदूत
जीवराज घिमिरे समेतले बाचन गरेका थिए-
"म तिम्रा अघि पर्न लायक कहाँ छु,
त्यसैले अघि सर्न लायक कहाँ छु ।"
इतिहासमा मोतीरामले
कोलकातामा पनि जीवनको केही समय बिताएका थिए
। उनले कोलकाताबाट एमए अध्ययन गरेका थिए ।
मृत्युको केही समय पूर्व उनी नेपाल फिरेका थिए ।
कार्यक्रमका विशेष शोभा बनेर आएका स्थानीय
रविन्द्रभारती विश्वविद्यालयमा सागीत
पढिरहेका विद्यार्थीहरु कुन्दन साह शंकर, रिदम
कंडेल र सुजाता बर्माले मोतीराम स्मृतिमा देश
सम्झाउने केही गीत गाएका थिए । देशभक्तिले
भरिएका गीत र भर्खरै
बितेका फत्तेमानको श्रद्धान्जलीमा गीतहरु गाइए ।
उनीहरुले "घिन्ताङमा घिन्ताङ मादलै बज्यो",
"जहाँ छन् बुद्धका आँखा" लगायतका गीत
सुनाएका थिए । महावाणिज्यदूत घिमिरेले वर्तमान
नेपाल ईतिहांस रच्ने घडिमा भएकोले सबैले
रचनात्मक सहयोग पुर्याउनु पर्ने बताएका थिए ।
श्रोत- eKantipur.com

No comments: