गजल: यै राष्ट्रको भलो हुने
स्रष्टा: सरस्वती शर्मा 'जिज्ञासु'
यै राष्ट्रको भलो हुने सधैं गीत गाउँछु म त।
यै राष्ट्रको माटोसँग माया प्रीति लाउँछु म त॥
मिहिनेत गर्यौ भने हिरा मोती यही फल्छ।
शुभ सन्देश सुनाउदै पूर्व पश्चिम धाउँछु म त॥
विदेशिको मोहमा नै भौतारिनु छैन मलाई।
जस्तो हुन्छ यै देशमा आत्म- शान्ति पाउँछु म त॥
मृत्युपछि पुन :जन्म पाउँछ भने मानिसले।
फेरि पनि नेपाल कै भू-स्व र्गमा आउँछु म त॥
उठाएर माटो अब प्रण गर्छे जिज्ञाशुले।
यै देशमा प्यारो राष्ट्रियता झल्काउँछु म त॥
नोट: हामीले तपाईँको साहित्यिक रचनाहरू प्रकाशन
गरे वापत कुनै शुल्क लिदैनौँ र लेखकत्व अथवा पारिश्रमिक
(royalty) दिन पनि असमर्थ छौँ।
साहित्यिक चौतारी
स्रष्टा र पाठक वर्गको साझा चौतारी
तपाईँका साहित्यिक लेख/रचनाहरू इमेल मार्फत पठाउन यहाँ क्लिक गर्नुहोस।
तपाईँ हामीलाई फेसबुकमा पनि पठाउन सक्नुहुन्छ।
प्रधान सम्पादक :
जिउँदो सालिक
बडागाउँ, गुल्मी, नेपाल।
Facebook : Salik Ram
Twitter : @JiundoSalik
Google + : Salik Ram
माथि जानुहोस।
No comments:
Post a Comment