मुक्तक: कल्पना पौडेलका तीन मुक्तकहरू
उदार सोचमा सदा हुन्छ झेल जिन्दगीमा।
कहिलेसम्म खेलौं हार्दै खेल जिन्दगीमा॥
चाहनाको बलि चढाई बित्यो उमेर प्रवासमै।
बगिरहन्छन आसुँका यी भेल जिन्दगीमा॥जन्मेदेखि पाइन सुख फुटेको भाग्य मेरो।
कर्म लेख्दा विधाताले छुटेको भाग्य मेरो॥
पोखिएछन् खुसी सबै अल्झिएर मझधारमा।
समयको परिवेशले लुटेको भाग्य मेरो॥अहंकार त्यो अभिमान घटाइदेऊ न छिमेकी।
अब छिट्टै नाकाबन्दी हटाइदेऊ न छिमेकी॥
धेरै दुख पाएका छन् नेपाली ती जनताले।
इन्धनका गाडीहरू पठाइदेऊ न छिमेकी॥
मानव हितमा समर्पित संस्था गुल्मी केयर विश्व सञ्जालको बारेमा जान्नको लागि तल क्लिक गर्नुहोस्:
कल्पना पौडेल 'जिज्ञासु'
गैँडाकोट-४, नवलपरासी
हाल: इजरायल
साहित्यिक चौतारी
स्रष्टा र पाठक वर्गको साझा चौतारी
तपाईँका साहित्यिक लेख/रचनाहरू इमेल मार्फत पठाउन यहाँ क्लिक गर्नुहोस।
तपाईँ हामीलाई फेसबुकमा पनि पठाउन सक्नुहुन्छ।
तपाईँ यस ब्लगमा विज्ञापन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस।
No comments:
Post a Comment