गीत: कति बाँच्नु जिन्दगी आँसुले रुझेर

गीत: कति बाँच्नु जिन्दगी आँसु संग रुझेर

स्रष्टा: कृष्णकला वनेम

कति बाँच्नु जिन्दगी आँसुसंग रुझेर
कति साँच्नु जिन्दगी खुसीलाई कुरेर

भेट्टाउँदिन गोरेटो
पाईला जता मोडे पनि
दिन यसै बिताउँदैछु
समयले छोडे पनि

कति भाग्नु जिन्दगी पिडासंग लुकेर
कति साँच्नु जिन्दगी खुसीलाई कुरेर

दुखियालाई मात्र दुख
जिउँने आशै मर्छ
मनका मिठा स्वप्नहरु
पीर बनि झर्छ

कति दुख्नु जिन्दगी ब्यथासंग जुधेर
कति साँच्नु जिन्दगी खुसीलाई कुरेर


Advertisement

विज्ञापन गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोला।


साहित्यिक चौतारी

साहित्यिक चौतारी

स्रष्टा र पाठक वर्गको साझा चौतारी


  • तपाईँका साहित्यिक लेख/रचनाहरू इमेल मार्फत पठाउन यहाँ क्लिक गर्नुहोस।

  • तपाईँ हामीलाई फेसबुकमा पनि पठाउन सक्नुहुन्छ।

    Find us on Facebook


No comments: