गीति कविता: आऊ साथ हुँदा केहीबेर सँगै हाँसौं

गीति कविता: आऊ साथ हुँदा केहीबेर सँगै हाँसौं

स्रष्टा: सन्तोष लामिछाने

आऊ साथ हुँदा केहीबेर सँगै हाँसौ
जीवनहीन पलहरू बिर्सेर केहीबेर साँच्चै बाँचौ

हावाको सुस्केरामा निस्फिक्री पात नाचेझैं नाँचौं
हातमा हात समाई छातीमा छाती टासौं

साँचो माया उद्याएर हरेक दुबिधा तासौं
मायाकै लागि जुवामा सम्पूर्ण प्राप्ति मासौं

उम्लिएका चाहना सबै आजै चुहाई नाँसौं
समय साक्षी राखेर नभुल्ने सम्बन्ध गाँसौं

आऊ साथ हुँदा केहीबेर सँगै हाँसौं
जीवनहीन पलहरू बिर्सेर केहीबेर साँच्चै बाँचौ


साहित्यिक चौतारी

साहित्यिक चौतारी

स्रष्टा र पाठक वर्गको साझा चौतारी


  • तपाईँका साहित्यिक लेख/रचनाहरू इमेल मार्फत पठाउन यहाँ क्लिक गर्नुहोस।

  • तपाईँ हामीलाई फेसबुकमा पनि पठाउन सक्नुहुन्छ।

    Find us on Facebook


Free track counters
पटक यो ब्लग हेरियो।

Please share this blog.

No comments: