गजल: निराधार हल्ला
स्रष्टा: आनन्द श्रेष्ठ
आज भोलि हल्लाहरू निराधार सुन्दैछु म
पुरुषले पाउनु पर्ने अधिकार सुन्दैछु म
महिलाको हकहित गर्ने धेरै संस्था भोरे
लोग्नेमाथि भइरहेको तिरस्कार सुन्दैछु म
कैले माथि पर्यो भनी कैले घरै छोड्यो भनी
लोग्ने मान्छे हेपिएको लगातार सुन्दैछु म
कैले अंस चाहियो रे ! कतै आधै चाहियो रे !
माग पनि आजभोलि निराकार सुन्दैछु म
माया गर्ने दाजुभाइ छुटाएको सुन्दैछु म
पतिमाथि लगाएको उपकार सुन्दैछु म
आनन्द श्रेष्ठ
काठमाडौँ, नेपाल।
साहित्यिक चौतारी
स्रष्टा र पाठक वर्गको साझा चौतारी
तपाईँका साहित्यिक लेख/रचनाहरू इमेल मार्फत पठाउन यहाँ क्लिक गर्नुहोस।
तपाईँ हामीलाई फेसबुकमा पनि पठाउन सक्नुहुन्छ।
पटक पढियो।
No comments:
Post a Comment