गजल: हर दुखी रातको बिहान हुनेछ
स्रष्टा: क्षेत्र 'प्रेम' मुखिया
हरेक समस्याको निदान हुनेछ।
हर दु:खी रातको बिहान हुनेछ॥
न हार्नु हैं केवल हिम्मत तिमी।
आँसु बिसाउने सिरान हुनेछ॥
फल श्रम र ईमानदारीताको।
हाम्रैमा सुखको मुहान हुनेछ॥
धन दौलत नभए त के भयो र?
आत्मसन्तुष्ट हुने ईमान हुनेछ॥
फूलोस फलोस बगैंचा जतिनै।
भँवरा न भए त्यो विरान हुनेछ॥
प्रेम त मरेर जान्न कहिले 'प्रेम'।
ताजमहल जस्तै चिहान हुनेछ ॥
क्षेत्र 'प्रेम' मुखिया
सिलीगुड़ी, भारत
शब्दाङ्कुर साहित्य सञ्जालको अत्यन्त जरुरी
|
---|
शब्दाङ्कुर साहित्य सञ्जाल, नेपाल द्वारा प्रकाशित अनलाइन साहित्यिक पत्रिका साहित्यिक चौतारी को लागि एकजना सम्पादक चाहिएको छ। निम्न योग्यता भएका इच्छुक महानुभावले हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ। योग्यताहरू:
|
सम्पर्क ठेगाना:
साहित्यिक चौतारीगुल्मी, नेपाल।www.sahityikchautari.blogspot.com |
No comments:
Post a Comment