गजल: नेपाल बर्बाद पार्नेलाई

You are here: Home » गजल » नेपाल बर्बाद पार्नेलाई
गजल: नेपाल बर्बाद पार्नेलाई

न्याय गर्नु पर्छ दैव नेपाल बर्बाद पार्नेलाई।
प्रेमहित राष्ट्रलाई यो अवस्थामा झार्नेलाई।

के ईर्ष्या थियो उसँग के को थियो डाहा।
सबैसँग संसारमा राम्रै सम्बन्ध सार्नेलाई॥

धैर्य, साहस मिहिनेतको सजीव उदाहरण।
कुन स्थितिमा पार्यो कसैसित न हार्नेलाई॥

मेल-जोलको रानी 'रे सहृदयताको खानी।
कुन दोष लाएको कही सीमा न बार्नेलाई॥

धेरै सह्यो कष्टहरू धेरै काटे ती बाधाहरू।
हरेक दुख ती आफ्नो आफुभित्र टार्नेलाई ॥

__________________
गजलकार: क्षेत्र मुखिया

हार्दिक समवेदना
गत बैशाख १२ गते गएको विनाशकारी महाभुकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपाली दाजु-भाई, दिदी-बहिनीहरूको मृत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौँ। र सोही प्राकृतिक प्रकोपका कारण घाइते हुनुभएका, आफन्त गुमाउनुहुने र घरबार विहिन भएकाहरू प्रति हार्दिक समवेदना प्रकट गर्दछौँ।
शब्दाङ्कुर साहित्य सञ्जाल
sahityikchautari@gmail.com
प्रधान सम्पादक:
सालिक राम 'जिउँदो सालिक'
Click here to find Salik Ram on Facebook.
Thank you for visiting this blog.

No comments: