अनिता निर्दोष प्रयासीका दुई गजल
***************
सत्तामा देशद्रोही भ्रष्टचारी रहने छ।
उनै सोजा जनतालाई मारी रहने छ॥
यता भाइभाइ झगडा गरिरहने,
उता छिमेकीले सीमा सारी रहने छ॥
किसानले कहिल्यै राहत पाउने छैनन्,
जबसम्म देशमा कालो बजारी रहने छ॥
जो सुकैको सरकार आओस् भरिया दाइ,
सधैँभरि तिम्रो शिरमा भारी रहने छ॥
युवा जति विदेशतिर पलायन हुँदा,
अव सबै बाजो खेत बारी रहने छ॥
______________________
जिन्दगीको दोबाटोमा अल्झिएको म!
पानी भन्दै रक्सी वियर पिएको म!
कहाँ जाने जिउने साहारा नपाई,
बोतलका बोतल रक्सी लिएको म!
मध्यरात सम्म भट्टिमा चाहारेर,
नशासँग बिछोडमा सकिएको म!
दिएँ उनलाई धेरै कुरा सिध्दियो,
प्रशस्त उपहार माया दिएको म!
टोलाइ हिड्थेँ विरहमा पागल झैँ,
आजभोलि नशासँगै सुध्रिएको म!
एकान्तमा उनको याद हरपल,
यादमा ज्यान सुकी गयो खिएको म!
जहाँ गएनी उनीलाई भेट्ने इच्छा,
पलपल यादमा पिल्सिएको म!
==============
अनिता निर्दोष प्रयासी
गुल्मी, नेपाल ।
________________
Thanks for visiting!
Like us on Facebook साहित्यिक चौतारी
तपाईँहरू पनि लेख-रचना प्रकाशन गर्न चाहनुहुन्छ भने पठाउनुहोला।
E-mail: gazalsangraha@gmail.com
साहित्य प्रेमीहरूको अनलाइन पत्रिका
प्रकाशक:
शब्दाङ्कुर साहित्यिक समूह
बडागाउँ-८, गुल्मी, नेपाल ।
No comments:
Post a Comment