बाँच्ने आधार अकस्मात भत्केपछि रोएँ -सालिक राम 'जिउँदो सालिक'

गजल
बाँच्ने आधार  अकस्मात भत्के पछि रोएँ।
विवशतामा स्वाभिमान  झुके पछि रोएँ॥

यो निर्दयी समय  प्रतिकुल भइ दिँ�दा।
केही गर्ने आत्मविश्वास गुमे पछि रोएँ॥

आफ्नो काया आफैलाई निकम्मा भएपछि।
जिउनु भन्दा मर्नु बेस ठाने पछि रोएँ॥

बलेको आगो ताप्ने यो स्वार्थी संसार बुझ्दा।
आफ्नै मान्छे  पनि पराई बने पछि रोएँ॥

आफ्नो सरिर आफैलाई बोझ भइदिदा।
अझै यो संसार छोड्न नसके पछि रोएँ॥

__________________
सालिक राम 'जिउँदो सालिक'
बडागाउँ-८, गुल्मी
E-mail: salikram2046@gmail.com , jiundosalik@outlook.com
Facebook: Salik Ram
Twitter: @JiundoSalik
*******************
©सालिक राम

No comments: