गजल लेख्ने पहिलो प्रयास
*******************
पराइ देशमा जुठा भाँडा माझ्दैछु आमा।
खरको छाना फेर्ने सपना साँच्दैछु आमा॥
रहर होइन बाध्यता हो विदेशीनु म।
पराइको गाली सहीकन बाँच्दैछु आमा॥
जीवनमा दुःख र पिर धेरै भोगेँ मैले।
दुःख सहेर संघर्ष जारी राख्दैछु आमा॥
कति बाँच्नु सधैँ अर्काको गुलाम बनेर।
स्वदेशमानै गरौँ भनि आउदैछु आमा॥
गजलकार: सालिक राम "जिउँदो सालिक"
बडागाउँ-८, गुल्मी, नेपाल।
E-mail- jiundosalik@outlook.com
Facebook- Salik Ram
Twitter- Jiundo Salik
© सर्वाधिकार लेखकमा सुरक्षित छ।
CLICK TO LIKE US ON FACEBOOK
नेपाली गजलहरूको संग्रह
___________________
Rudrawati Social Media Group
हाम्रो फेसबुक पेजमा विस्तृत जानकारी राखिएको छ।
No comments:
Post a Comment